गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१४
Dho

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन ०७, २०८१
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा आज साँझ ६ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को तेस्रो बैठक बस्न लागेको हो। बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अहिले सरकारमा एमाले, कांग्रेस, जसपा र लोसपा सहभागी छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट आइतबार दुईतिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए।ओलीले आज दिउँसो संसद बैठकमा सांसदको प्रश्नको जवाफसमेत दिनेछन्।

प्रतिक्रिया