गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४८
Dho

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री ओलीसँग आज प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन ०७, २०८१
प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री ओलीसँग आज प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौं : प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख र पार्टीका प्रमुख सचेतकहरूबीच छलफलपछि आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको हो।

आजको कार्यसूचीमा  प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम माननीय सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिने उल्लेख छ। ओली प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रश्नोत्तर हुने भएको हो।

असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिएका थिए। ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमालेसँगै लोसपा र जसपा सहभागी छन्। 

प्रतिक्रिया