गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४२
Dho

प्रधानमन्त्री ओलीलाई संसद्‌मा दुई तिहाइको विश्वास

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन ०६, २०८१
प्रधानमन्त्री ओलीलाई संसद्‌मा दुई तिहाइको विश्वास

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे ।

विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो । संसद्‌मा आइतबार २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

प्रतिक्रिया