गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१८
Dho

संस्कृति नीति बनाउने काम पहिलो प्राथमिकता : पर्यटनमन्त्री पाण्डे

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, साउन ०५, २०८१
संस्कृति नीति बनाउने काम पहिलो प्राथमिकता : पर्यटनमन्त्री पाण्डे

काठमाडौं : नेपालको संस्कृतिलाई प्रबर्धन गर्नका लागि पनि आफूले संस्कृति नीति बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए । आफूले पर्यटन क्षेत्रको विकासका लागि पदभार ग्रहण गरेकै दिन पर्यटन नीतिमा संशोधन गर्ने निर्णय लिएको पनि स्पष्ट पारे ।

नेपालको संस्कृतिलाई प्रबर्धन गर्नका लागि पनि आफूले संस्कृति नीति बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए । आफूले पर्यटन क्षेत्रको विकासका लागि पदभार ग्रहण गरेकै दिन पर्यटन नीतिमा संशोधन गर्ने निर्णय लिएको पनि स्पष्ट पारे ।

‘हाम्रो पर्यटन नीति अलि पुरानो भयो । पर्यटन नीति, २०६५ सालमा जारी भएको थियो । तर देशमा कोभिडलगायतका अप्ठयारा पर्यटन क्षेत्रले झेल्नुपर्‍यो । त्यसैले पर्यटन नीतिमा समसामियक परिवर्तन गर्नुपर्‍यो । त्यसकारण पर्यटन नीति परिवर्तनका लागि, यसको परिमार्जनका लागि, संशोधनका लागि मैले पहिलो निर्णय गरेको थिए ।

मलाई निकै महत्वपूर्ण सुझाव प्राप्त भएको छ,' मन्त्री पाण्डेले भने, 'मन्त्रालयले अहिलेसम्म संस्कृति नीति बनाउनेमा कुनै कसरत र काम गरेको छैन भने म यो बचनबद्धता दिलाउन चाहन्छु संस्कृति नीति बनाउने कुरामा अब हामीले ढिलो गर्नु हुन्न ।

नीति बन्यो भने हामीले त्यो अनुसारको कानुन बनाउँछौं । नीति बन्यो भने मात्रै हामीले त्यो अनुसार कार्यक्रम र योजना बनाउँछौ ।' नेपालको संस्कृति नीति नेपालको संस्कृतिलाई प्रबर्धन गर्नका निम्ति पहिलो काम संस्कृति नीति बनाउने रहेको मन्त्री पाण्डेको भनाइ थियो ।

मन्त्री पाण्डेले विविधतायुक्त भाषा, कला, संस्कृति, गीत, संगीत नै नेपालको सम्पती भएको उल्लेख गदै त्यसको जर्गेना गर्ने कुरामा पनि सरकार कटिबद्ध भएर लाग्ने बताए ।

प्रतिक्रिया