गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१०
Dho

गौमुलमा पहिरोले ५ घर विस्थापित, ७ उच्च जोखिममा

गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०२, २०८१
गौमुलमा पहिरोले ५ घर विस्थापित, ७ उच्च जोखिममा

बाजुरा : गौमुल गाउँपालिका-२ रनेडामा पहिरोले ५ घर विस्थापित भएका छन् भने ७ घर पहिरोको उच्च जोखिममा छन् । मंगलबार रातिको अविरल वर्षाका कारण निरन्तर गएको पहिरोले पुरै बस्ती नै जोखिममा परेको छ ।  

रनेडा बस्तीको तल र माथिबाट आएको पहिरोले ७ घर उच्च जोखिममा र ५ घर विस्थापित भएको वडा सदस्य प्रेम बहादुर रोकायाले बताएका छन् । उनका अनुसार स्थानीय सालिभान रोकाया, मिहेन्द्रे रोकाया, साउने रोकाया, सगुने रोकाया र देबे सार्कीको घर परिवार विस्थापित भएका छन् ।

विस्थापित परिवारलाई वडाबाट त्रिपाल उपलब्ध गरी सुरक्षित स्थानमा बसालिएको वडाध्यक्ष देवबहादुर रोकायाले बताएका छन् । अन्य उच्च जोखिममा रहेका घर परिवारलाई पनि सुरक्षित स्थानमा बस्न आग्रह गरिएको उनले बताए ।

May be an image of grassMay be an image of grass

  
 

प्रतिक्रिया