गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०७:२८
Dho

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार २९, २०८१
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता

चितवन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ । केही यात्रुहरु समेत बेपत्ता छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले कति यात्रु बेपत्ता छन् भन्ने नखुलेको जनाएको छ । ७५ जनाको प्रहरी टोली खटीई खोजतलास भइरहेकोजिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया