गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०७:१६
Dho

रुकुम पूर्वमा पहिरोले एकको मृत्यु, तीन जना घाइते

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार २६, २०८१
रुकुम पूर्वमा पहिरोले एकको मृत्यु, तीन जना घाइते

रुकुम पूर्व : रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिएको छ । उनीहरुको उपचारका लागि रुकुमकोट लगिएको छ ।

प्रतिक्रिया