गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०७:०६
Dho

२८ जेठयता विपद्‌मा परी ७४ जनाको मृत्यु, ५ बेपत्ता

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, असार २५, २०८१
२८ जेठयता विपद्‌मा परी ७४ जनाको मृत्यु, ५ बेपत्ता

काठमाडौं : नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता प्राकृतिक विपद्‌मा परी ७४ जनाको मृत्यु भएको छ । अविरल वर्षाको कारण जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु र ५ बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

विपद्‌मा परी कोशी प्रदेशमा १८ जना, मधेशमा ३, बागमतीमा ५, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाको मृत्यु भएको हो । प्राकृतिक विपद्‌मा परी ८८ जना घाइते भएको मन्त्रालयको तथ्यांक छ ।

५३ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ । २८ जेठयता विपद्का घटनाबाट २ हजार २९६ घर परिवार विस्थापित भएका छन् । यो अवधिमा बाढीको कारण १६१ घर डुबानमा परेका छन् ।

९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३३५ वटा पशु चौपायाको मृत्यु भएको छ ।

प्रतिक्रिया