गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३२
Dho

दुईदिन अवरुद्ध बनेको विद्युत सेवा नियमित सञ्चालनमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, असार २५, २०८१
दुईदिन अवरुद्ध बनेको विद्युत सेवा नियमित सञ्चालनमा

बाजुरा : अविरल वर्षाका कारण अछामको बुढाबगरमा सालको रुख ढलेर बिजुलीको पोल भाँचिएपछि बाजुरामा राष्ट्रिय प्रसारण लाईनको विद्युत् सेवा अवरुद्ध भएको दुई दिनपछि नियमित सञ्चालनमा आएको छ ।

शनिबार बिहान राष्ट्रिय प्रसारण लाईन अन्तर्गत साँफे–मार्तडी सडकखण्डको बुढाबगरमा पोल ढलेपछि अछामका केही स्थानसँगै बाजुरा सदरमुकाम मार्तडी लगायत आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको भएको थियो ।

विद्युत् अवरुद्ध हुँदा दैनिक विद्युतीय कामकाज प्रभावित हुनुका साथै टेलिफोन सेवा समेत जिल्लामा अवरुद्ध भएको बनेको थियो । वर्षाका बीचमा पनि काम सम्पन्न भएपछि विद्युत सेवा सञ्चालनमा आएको हो । 
 

प्रतिक्रिया