गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५२
Dho

अवरुद्ध विद्युत सेवा नियमित आईतबार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार २३, २०८१
अवरुद्ध विद्युत सेवा नियमित आईतबार

बाजुरा : अविरल वर्षाका कारण अछामको बुढाबगरमा सालको रुख ढलेर बिजुलीको पोल भाँचिएपछि बाजुरामा राष्ट्रिय प्रसारण लाईनको विद्युत् सेवा अवरुद्ध बनेको छ ।

शनिबार बिहान राष्ट्रिय प्रसारण लाईन अन्तर्गत साँफे–मार्तडी सडकखण्डको बुढाबगरमा पोल ढलेपछि अछामका केही स्थानसँगै बाजुरा सदरमुकाम मार्तडी लगायत आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको बाजुरा वितरण केन्द्र प्रमुख राजेश कुमार झाले गौमुल खबर डटकमसंग बताएका छन् ।

उनका अनुसार अवरुद्ध विद्युत् सेवा सुचारु गर्नका लागि बाजुरा र अछामबाट जनशक्ति परिचालन गरिएको छ । ढलेका पोल अर्को ठाउँमा सार्नका लागि तीव्र गतिमा काम भएको भएपनि भारी वर्षाका कारण शनिबार सम्भव नहुने बुझिएको छ ।

विद्युत् अवरुद्ध हुँदा दैनिक विद्युतीय कामकाज प्रभावित हुनुका साथै टेलिफोन सेवा समेत जिल्लामा अवरुद्ध भएको छ । पहिरो पन्छाउने र पोल गाड्ने काम तीव्र रुपमा शनिबार बिहानबाट भएको भएपनि वर्षाले प्रभावित भएको हो । अवरुद्ध विद्युत सेवा आईतबार दिउँसाे मात्र नियमित हुने भएकाे छ । 

प्रतिक्रिया