गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२२
Dho

कांग्रेसले भन्यो- संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार बन्छ

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार २३, २०८१
कांग्रेसले भन्यो- संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार बन्छ

काठमाडौं : नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिअनुसार  बमोजिम नै नयाँ सरकार बन्ने दाबी गरेको छ। शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहमतिअनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६(२) बमोजिम गठन हुने दाबी गरेको हो।

संविधानको धारा ७६(२) मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ।

बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। त्यस्तै प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने पत्र संसद सचिवालयमा दर्ता गरेको अवस्थामा उक्त प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको उनले बताए।

त्यस्तै बैठकले कांग्रेस-एमालेबीच भएको राष्ट्रिय सहमतिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरेको लेखकले जानकारी दिए।

लेखकले राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने, शिथिल अर्थतन्त्रलाई क्रियाशिल गर्ने, संविधान कार्यान्वयनका सवालमा देखिएका सबल र कमजोर पक्षको समिक्ष गरेर संविधानको आवश्यक संशोधन गर्ने सबालमा नयाँ सरकार दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया