गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२६
Dho

शनिबार देशका यी स्थानमा वर्षा हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार २३, २०८१
शनिबार देशका यी स्थानमा वर्षा हुने

काठमाडौं  : शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी,  बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको एक-दुई  स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ। शनिबार राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।

कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका  एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया