गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२५
Dho

गाैमुल ४ मा विपद् व्यवस्थापन समितिको बैठक बस्यो

गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार २१, २०८१
गाैमुल ४ मा विपद् व्यवस्थापन समितिको बैठक बस्यो

 बाजुरा : गौमुल गाउँपालिका ४ मा विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । वर्षादको समयमा आउँन सक्ने विपद्लाई मध्येनजर गर्दै पूर्वतयारीका लागि समितिको बैठक बसेको हो । 

आज वडा कार्यालयमा विपद् पूर्वयारीका लागि बैठक बसेको वडा सचिव प्रकाश बहादुर विकले बताएका छन् । विपद् प्रतिकार्य र पूर्वतयारीका विविध विषयमा छलफल भएको उनले बताए । 

मौसम सक्रिय हुँदै गएकाले पहिरोको उच्च जोखिममा रहेको बस्तीहरुका मानिसलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्ने निर्णय गरिएको छ । वडामा विपद् प्रतिकार्यका सामाग्रीको अवस्था र विपद् सुचनाकर्तालाई सर्तक राख्न बैठक बसेको वडाध्यक्ष अमर विकले बताएका छन् । 

वडाभित्र पहिरोको उच्च जोखिममा रहेका बासिन्दाहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । नियमित मौसम सक्रिय बन्दै गएकाले खोला आसपास क्षेत्रका स्थानीयलाई समेत सर्तक रहन अनुरोध गरिएको छ ।

विपद् व्यवस्थापन संयोजक एवं वडाध्यक्ष अबर बहादुर विकको अध्यक्षतामा सञ्चालन भएको बैठकमा रेडक्रस सोसाईटी वडा उपसभापति ज्ञान बहादु रोकाया, वडा सदस्य मंगल धामी, तुसार सार्की, गिता रोकाया, नेकपा एमाले वडा कमिटी अध्यक्ष कर्णबहादुर बुढा, नेपाली काँग्रेस वडा कार्यसमिति सभापति रविना जोशी, इलाका प्रहरी कार्यालय गौमुलका प्रहरी सहायक निरीक्षक हिक्मत सिंह ऐरी, विभिन्न संस्थाका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।   
 

प्रतिक्रिया