गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३५
Dho

गौमुल पूर्ण खोप युक्त गाउँपालिका बनाउन तीव्र तयारी, खोप लगाउँन टोलटोलमै पुगे स्वास्थ्यकर्मी

खोप लगाउँन छुटेकी अपाङ्ग नन्दा खोप कार्ड हातमा समाउँदै खुसी भईन्
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत २४, २०७८
गौमुल पूर्ण खोप युक्त गाउँपालिका बनाउन तीव्र तयारी, खोप लगाउँन टोलटोलमै पुगे स्वास्थ्यकर्मी

बाजुरा : गौमुल गाउँपालिकाका घर–घरमा स्वास्थ्यकर्मी कोरोना विरुद्धको खोप लगाउँन पुगेका छन् । अपाङ्ग, अशक्त खोप केन्द्रसम्म आउँन नसकेका वृद्धवृद्धाहरुलाई पहिचान गरी घर–घरमै पुगेर कारोना विरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो ।   

गौमुल गाउँपालिका–४ स्थित डाडाँबाडाकी नन्दा विक शारिरीक रुपमा असक्त छन् । विकलाई अपाङ्ग भएकै कारण घरभन्दा बाहिर जान सपना जस्तै भएको छ । उनका घरमा साहरा दिने कोही छैन्, विकको अहिलेसम्म उनका ओल्लापल्ला घरकाले पालन पोषण गरिरहेका छन्, अपाङ्ग भएकै कारण विक पनि कारोना खोप लगाउनबाट बञ्चित भएकी थिइन्, खोप केन्द्रसम्म जान नसक्ने अवस्थाकी विकले भनिन् कोरोना विरुद्धको खोप लगाउने ईच्छा पहिला नै थियो तर खोप केन्द्रसम्म जान नसकेर कोरोनाको खोप लगाउनबाट बञ्चित भएको सुनाईन् । 

खोप नपाउँदा कोरोना लागेर ज्यान जान्छ की भन्ने मनमा डरले लाग्ने गथ्र्यो, कोरोनाको डरले असुरक्षितको महसुश हुन्थ्यो, बोकेर खोप केन्द्रसम्म पुर्याईदिने मान्छे कोही भेटाएन त्यसैले अहिलेसम्म कोरोना विरुद्धको खोप लगाउँनबाट बञ्चित भएकी थिए उनले भनिन्, खोपबाट बञ्चित हुने चिन्तामा बसेकी विकको घरमा कोरोना खोप लिएर स्वास्थ्यकर्मी पुगेपछि उनी दङ्ग परिन्, स्वास्थ्यकर्मीले घरमै पुगेर कोरोना खोप लगाएपछि उनी ढुक्क भएकी छन्, उनले कारोना विरुद्धको पहिलो मात्रा खोप लगाएकी छन् । खोप कार्ड हातमा समाएर विक खुसी भएकी छन् ।

यो त उदारण मात्र हो, विक जस्तै धेरै असक्तहरु कोरोना विरुद्धको खोप लगाउँनबाट बञ्चित भएका थिए, खोप लगाउन छुटेकालाई लक्षित गर्दै गौमुल गाउँपालिकाका विभिन्न वडामा घर–घरमै स्वास्थ्यकर्मी खटाएर खोप लगाउने काम भईरहेको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् । 

एक हप्ताभित्र क्रमबद्ध रुपमा गौमुल गाउँपालिका भित्रका वडाहरुमा पूर्ण खोप युक्त बनाई पूरै गौमुल नै खोप युक्त गाउँपालिका बनाउने लक्ष्यका साथ घर–घरमै स्वास्थ्यकर्मी खटाएर खोप लगाउँने अभियान सुरु गरिएको हेल्थ असिस्टेन्ट धरम कुमार बुढाले बताए ।

समुदायमा अझै पनि १ प्रतिशत व्यक्तिहरु परम्परागत जनविश्वासले गर्दा खोप लगाउँन अटेरी गरिरहेकाले उनीहरुलाई परामर्श गरी खोप शत प्रतिशत पुर्याउन घर–घरमा स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । गौमुल गाउँपालिकामा कोरोना विरुद्ध खोपको पहिलो मात्र लगाउँने ९५ प्रतिशत पुगेको छ भने, दोस्रो मात्र लगाउने ८५ प्रतिशत पुगको छ । तेस्रो मात्र लगाउने ८ प्रतिशत मात्र रहेको छ । 

त्यस्तै गौमुल गाउँपालिका–४ मा खोप लगाउँन छुटेका असक्त, अपाङ्ग, वृद्धवृद्धा लगायत ९० जनाले कोरोना विरुद्धको खोप लगाएको मानकोट स्वास्थ्य चौकीमा कार्यरत  अनमी लक्ष्मी बोहराले बताएकी छन् ।

वडा नं.६ मा छुटेका १० जनाले खोप लगाएको स्वास्थ्यकर्मी सीता विकले बताएकी छन् । जस मध्ये ५ जना असक्त, वृद्धवृद्धाले खोप लगाएको उनले बताइन् । त्यसैगरी वडा नं. ३ पनि १० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्, जसमा ७ जना अपाङ्ग, असक्त तथा वृद्धवृद्धाले खोप लगाएको स्वास्थ्यकर्मीले बताएकाे छ ।

गौमुल गाउँपालिका वडा नं.१ र २ मा भने खोप सेवा सुचारु रहेको बताईएको छ । केही दिनमै विवरण आउँने अम्लिस स्वास्थ्य चौकीका ईन्चार्ज प्रेमबहादुर रोकायाले जानकारी दिएको छ । 

गौमुल गाउँपालिका खोप युक्त बनाउन तीव्र तयारी थालिएको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।  जस अभियानमा स्वास्थ्यकर्मीहरु विभिन्न वडाहरुका घरमै पुगेर खोप लगाउँन छुटेकालाई खोज्दै खोप लगाउँदै गरेको बताए ।

बाजुरा जिल्लाका विभिन्न स्थानीय तहरुमा खोप लगाउँन छुटेकालाई खोज्दै कोरोना विरुद्धको खोप लगाउँने अभियान सुरु गर्न केही दिन अगाडी नै विभिन्न पालिकाका स्वास्थ्य शाखामा निर्देशन दिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । 

प्रतिक्रिया