गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३६
Dho

गौमुलका वडाहरुमा पहिरोले स्थानीय विस्तापित

गाैमुल खबर गाैमुल खबर
बुधबार, असार २०, २०८१
गौमुलका वडाहरुमा पहिरोले स्थानीय विस्तापित

बाजुरा : गौमुल गाउँपालिका ५ नकराडामा पहिरोले टिनको टहरा पुरिएको छ । गएराति आएको अविर वर्षाका कारण घर माथिबाट पहिरो बग्दा नकराडाका जगदिश चदाँराको परिवार बस्ने टिनको टहरा पुरिएको हो ।

भूकम्पले बस्ने घर भत्किाएपछि चदाँराको परिवार सोही टिनको टहरामा बस्दै आएका थिए । टिनको टहरा समेत पहिरोले पुरिदिएपछि बिचल्ली भएको छ । राती ३ः०० बजेको समयमा पहिरो आएको थाहा पाएपछि भागेर ज्यान बचेको जगदिशका दाई विष्णु चदाँराले बताएका छन् ।

पहिरोले घरमा रहेको अन्नपात, भाडाकुडा, दाल, चामल, लत्ताकपडा र नगदसहित सम्पूर्ण सामाग्रीहरु पुरिएको चदाँराले बताएका छन् । अहिले पीडित चदाँरा दाईको घरमा बसिरहेको छन् । यता इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा गई क्षतिको एकीन विवरण समेत ल्याईसकेको बताईएको छ ।

त्यस्तै गौमुल गाउँपालिका ६ मा पनि पहिरोले एक घर जोखिममा परेको छ । घर माथिबाट निरन्तर पहिरो बग्न थालेपछि बाढीका पूर्ण बहादुर रोकायाको घर उच्च जोखिममा परेको हो । गएरातिको अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले घरको आगन सबै च्यापिसकेको रोकायाले बताएका छन् । अर्को घर नभएपछि रोकायाको परिवार सोही घरमा बसिरहेका छन् ।

 

 

प्रतिक्रिया