गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१५
Dho

पहिरोका कारण मार्तडी-कोल्टी सडक अवरुद्ध

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार १९, २०८१
पहिरोका कारण मार्तडी-कोल्टी सडक अवरुद्ध

बाजुरा : अविरल वर्षाले पहिरो जाँदा बाजुराको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी-कोल्टी सडक अवरुद्ध भएको छ । मार्तडी-कोल्टी अन्तर्गत बडीमालिका नगरपालिका-७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

जिल्लीमा लगातार पहिरो बग्न थालेपछि आवतजावत समेत पूर्ण रुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलीप कुमार गिरीले बताएका छन् ।  

पहिरोका कारण मार्तडी-कोल्टीमा चल्ने जीप तथा मालबहाक सवारी साधन ठप्प भएका छन् । भने मानिस आवजत जावतमा समेत समस्या भएको उनले बताए । पहिरोले अवरुद्ध भएको सडक खुलाउँने प्रयास भईरहको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।   

पहिरो बग्न नरोकिएकाले तत्काल सडक सुचारु गर्न समस्या भएको र वर्षा रोकिएपछि सडकमा आएको पहिरो पन्छ्याएर सडक सञ्चालन गरिने उनले बताए । मौसम पूर्णमा रुपमा सक्रिय भएपछि बाजुरामा पहिरोको जोखिम बढ्दै गएको छ । 

वर्खायाममा बाजुरामा जहिल्यै सडक अवरुद्ध हुँदै आएका छन् । हिउँदको समयमा सवारी साधन राम्रोसंग चल्ने भएपनि वर्षायाममा ठाउँ ठाउँमा सवारी साधन फेर्दै आवतजावत गर्नुपर्ने यहाँको बाध्यता रहेको छ ।

प्रतिक्रिया