गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४६
Dho

कञ्चनपुरका वरिष्ठ पत्रकार भट्टको निधन

गाैमुल खबर गाैमुल खबर
सोमबार, असार १८, २०८१
कञ्चनपुरका वरिष्ठ पत्रकार भट्टको निधन

धनगढीः नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ। कञ्चनपुरको महेन्द्रनगर निवासी भट्टको सोमवार निधन भएको हो। उनी “फारवेष्ट टाईम्स”का प्रकाशक तथा सम्पादक थिए। भट्टको नेतृत्वमा फारवेष्ट टाईम्सले क्षेत्रीय पत्रकारितामा महत्वपूर्ण भूमिका खेलेको थियो। 

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्षको रूपमा भट्टले देशभरका पत्रकारहरूको हक हितको लागि उल्लेखनीय काम गरेका थिए। उनले आफ्नो जीवन पत्रकारिता तथा समाजसेवामा समर्पित गरेका थिए। उनको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको छ। भट्ट सुदूरपश्चिम प्रदेशमा अफसेट प्रेस भित्राउने पहिलो व्यक्तिसमेत  हुन्।

 

प्रतिक्रिया