गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५६
Dho

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

गाैमुल खबर गाैमुल खबर
सोमबार, असार १८, २०८१
आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

बाजुरा : सोमबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानहरूका मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । 

सोमबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी  भूभागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको  पनि सम्भावना रहेको छ र कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया