गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ००:२८

गौमुल-४ को वार्षिक समीक्षा, वडामा थप विकास गर्न महत्वपूर्ण योजना तय

गाैमुल खबर गाैमुल खबर
आइतबार, असार १७, २०८१
गौमुल-४ को वार्षिक समीक्षा, वडामा थप विकास गर्न महत्वपूर्ण योजना तय

बाजुरा : गौमुल गाउँपालिका-४ ले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगतिको समीक्षा गरिएको छ । आज एक आमभेला कार्यक्रमको आयोजना गरी वडा कार्यालयले एक वर्षको अवधीमा सम्पादन गरेको गतिविधी सार्वजनिक गरेको हो ।

वडा भित्रका सञ्चालित विकासे योजनाको अवस्था र वडाको आगामी लक्ष्यसहित दिने सेवा सुविधाका बारेमा जानकारी गराएको छ । समीक्षामा वडा मातहतका धेरै योजनाको निर्माण कार्य सकिएको र केही निर्माणधीन अवस्थामा रहेको बताईएको छ ।

एक वर्षको अवधीमा वडामा धेरै विकास निर्माणका कार्य भएका छन् । समीक्षा कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडाध्यक्ष अमर बहादुर विकले जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने कार्य जारी रहेको र समृद्ध वडा बनाउँने लक्ष्य र संकल्पका साथ अगाडी बढिरहेको बताएका छन् ।

वडामा हालसम्म कीर्तिचौर माध्यमिक विद्यालयको छात्रवास निर्माण, सत्य आधारभूत विद्यालयको भवन निर्माण, प्रथम थारखोला जल विद्युतको नहर निर्माण, आवतजावतमा सहजताका लागि निलासैनदेखि कौडाँकोट सम्मको बाटो निर्माण, विभिन्न टोलमा खानेपानी मर्मत तथा व्यवस्थापन र विद्यालयका भौतिक संरचना निर्माण गरिएको वडाध्यक्ष विकले बताए ।

वडाको स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सडक र विद्युत क्षेत्रको थप विकास गर्न आवश्यक पहल कदमी भईरहेको उनले बताए । वडाले एक वर्षको अवधीमा ६३ हजार ८ सय ७० रुपैयाँ राजस्व संकलन गरेको छ । समीक्षामा आगामीक योजनाहरु समेत प्रस्तुत गरेको थियो ।

सर्वप्रथम नागरिकलाई छिटो छरितो, भरपर्दो र सहज सेवा उपलब्ध गर्न वडा कार्यालयको भवन निर्माण गर्न सम्बन्धीत निकाय समक्ष पहल गर्ने, सिचाईको सुविधा गरिने, घोगालामा खानेपानीको व्यवस्थापन गर्ने, कीर्तिचौर माविको भवन निर्माण, आवश्यक पर्ने ठाउँमा झुलुङ्गे पुल निर्माण गरिने लगायतका महत्वपूर्ण योजनाहरु वडाले अघि सारेको छ ।

वडाध्यक्ष अमर बहादुर विकोको अध्यक्षतामा सञ्चालन भएको समीक्षा कार्यक्रमको प्रमुख अतिथि कार्यपालिका सदस्य चक्र सार्की रहेका थिए । भने विशिष्ट अतिथिमा वडा सदस्य मंगल धामी, तुसार सार्की, गिता रोकाया रहनुभएको थियो ।

त्यस्तै अतिथिमा मनाकोट स्वास्थ्य संस्थाका अहेव प्रेम विक, भेटेरीनरी शाखाका राजेन्द्र रोकाया रहनुभएको थियो । वडा सचिव प्रकाश विकले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधी, राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय, वुद्धिजीवि, समाजसेवा, विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधी लगायको उपस्थित रहेको थियो ।     

प्रतिक्रिया