गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५८
Dho

अखिल नेपाल महिला संघ बाजुराद्धारा कारबाहीको माग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार १५, २०८१
अखिल नेपाल महिला संघ बाजुराद्धारा कारबाहीको माग

बाजुरा : अखिल नेपाल महिला संघ बाजुराले महिला माथि हुने हिंसाको अन्त्य हुनुपर्ने माग सहित गृह मन्त्री रवी लामिछानेलाई ध्यानकर्षण पत्र बुझाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत गृह मन्त्रालयलाई उक्त पत्र पठाएको जिल्ला अध्यक्ष कोपिला सिंहले बताएकी छन् ।

विगतदेखि समाजमा महिला माथि हुने अनेक प्रकारका विभेद विरुद्ध आवाज उठाउदै आएको संगठनले गत असार ३ गते अछामको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया बालिका छाउगोठमा बलात्कृत भएको घटनाको यथार्थ छानबीन गरी कारबाही गर्न माग गरिएको जिल्ला उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

बारम्बार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हुदै आएका यस्तो खालका घटनाहरुको सर्वथा छानबीन हुनुपर्ने माग अखिल नेपाल महिला संघ बाजुराको रहेको छ ।

जिल्लामा हुने जातीय विभेद, महिला हिंसा, धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक लगायत शारिरीक, मानसिक, यौनजन्य र मनोवैज्ञानिक हिंसाको अन्त्य गरी समुन्नत समाज निर्माण हुनुपर्ने माग ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

अमानवीय घटनालाई राजनीतिक रुपमा संरक्षण गरी पीडितलाई थप पीडा दिन खोजेमा आफुहरु स्वीकार्ने पक्षमा नरहेको सचिव देवु खातीले बताएकी छन् ।

समाजमा जरो गाडेर बसेका हरेक किसिमको अन्धविश्वासको अन्त्य गरी समतामूलक समाज निर्माणमा भूमिका खेल्न सबै पक्षसंग माग समेत गरिएको छ ।

अखिल नेपाल महिला संघले देशव्यापी रुपमा विभिन्न सामाजिक रुपमा घटेका घटनाको यथार्थ छानबीन गरी पीडितलाई न्याय र पीडकलाई कारबाही गर्नुपर्ने माग राख्दै ध्यानकर्षण पत्र बुझाएको छ ।

ध्यानकर्षण पत्र बझ्दै सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले तत्काल गृह मन्त्रालयमा पत्र पठाउने जवाफ दिदै आवश्यक कारबाहीका लागि पहल गर्नु सकरात्मक भएको बताएका छन् ।

ध्यानकर्षण पत्र बुझाउन अनेमसंघका जिल्ला अध्यक्ष कोपिला सिंह, उपाध्यक्ष सीता थापा, तुला पाध्याय, सचिव देवु खाती, उपसचिव दुर्गा थापा, सदस्य चित्रा बोहरा लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया