गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३५
Dho

प्रेस चौतारी नेपाल बाजुराद्धारा मदन जयन्तीमा फलफूल वितरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार १५, २०८१
प्रेस चौतारी नेपाल बाजुराद्धारा मदन जयन्तीमा फलफूल वितरण

बाजुरा : प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७३ औँ जन्मजयन्तीका अवसरमा जिल्ला अस्पतालमा रहेको बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

प्रेस चौतारी नेपालको केन्द्रीय सर्कुलर अनुसार जननेता भण्डारीको जन्मजयन्तीका अवसरमा बिरामीहरुलाई भेटेर स्वास्थ्य लाभको कामनाका साथ फलफूल विरतण गरिएको सचिव रमित विकले बताएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले बाजुराका सचिव काँशी विक रहनुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य बसन्त विश्वकर्मा, प्रदेश कमिटी सदस्य पदम सिंह, लक्ष्मीराज पाध्याय, पत्रकार महासंघका पूर्व अध्यक्ष प्रकाश सिंह, पत्रकार महासंघका जिल्ला अध्यक्ष छक्क मल्ल, प्रेस युनियन बाजुराका पूर्व अध्यक्ष प्रेम रौले लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ ठोट्नेमा भई ०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुंगामा जीप दुर्घटनामा रहस्यमय निधन भएको थियो । 

प्रतिक्रिया