गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५६
Dho

बाजुरामा खैरो हिरोइन र गाँजासहित २ युवक पक्राउ

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार १५, २०८१
बाजुरामा खैरो हिरोइन र गाँजासहित २ युवक पक्राउ

बाजुरा : बाजुरामा अवैध खैरो हिरोइन र गाँजासहित २ जना पक्राउ परेका छन् । बुढीगंगा नगरपालिका–७ का २१ वर्षीया बाबुराम खड्का र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षीया दिपक रावत खैरो हिरोइन र गाजाँसहित पक्राउ परेका हुन् । 

खड्काको कुखुरा फार्ममा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ४ सय १० मिलीग्राम लागुऔषध  खैरो हिरोईन फेला पारेको जिल्ला प्रहरीका कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताएका छन् ।   

कुखुरा फर्ममै ६१० मिलिग्राम गाँजा र १ थान डिजीटल तराजु समेत फेला पारेको उनले बताए । नियन्त्रणमा लिएका दुबै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताएका छन् ।

प्रतिक्रिया