गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३९
Dho

एसइईमा सुदूरपश्चिमका १७ हजार ३७ विद्यार्थी उत्तीर्ण

गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार १४, २०८१
एसइईमा सुदूरपश्चिमका १७ हजार ३७ विद्यार्थी उत्तीर्ण

धनगढी : एसइईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले आज (विहिबार) एसइईको नतिजा सार्बजनिक गरेको हो। एसइईमा सुदूरपश्चिमका ३६ हजार ४१० विद्यार्थी अनुत्तीर्ण भएका छन्। सो परीक्षामा १७ हजार ३७ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्।

देशभर परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। नतिजाअनुसार सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन्।

परीक्षामा नियमिततर्फ सुदूरपश्चिम प्रदेशबाट १५ प्रतिशत अर्थात् ३६ हजार ४१० जनाले ननग्रेड ल्याएका छन्। यस प्रदेशबाट परीक्षामा सहभागि ५३ हजार ४ सय ४६ जना विद्यार्थीमध्ये ६८ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएका छन्।

प्रतिक्रिया