गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५२
Dho

एकीकृत समाजवादीको सचिवालय बैठक आज,के-के छन् एजेण्डा ?

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार १४, २०८१
एकीकृत समाजवादीको सचिवालय बैठक आज,के-के छन् एजेण्डा ?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाइने एकीकृत समाजवादीले जनाएको छ ।

बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी,विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गर्ने बताइएको छ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आगामी आइतबारदेखि बिहीबारसम्म हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका छ ।

पार्टी तथा जनसंगठनका सबै तहका कमिटीले सम्पूर्ण कामलाई महाधिवेशन केन्द्रित गर्ने र महाधिवेशन प्रभावित हुने गरी पार्टी सङ्गठनका कुनै गतिविधि नगर्न निर्देशन दिएको छ ।

पार्टीले देशभरबाट एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरेको छ । छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने जनाइएको छ ।

प्रतिक्रिया