गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१६
Dho

२० वर्ष पारी विवाह गर्ने जोडीलाई वडाद्धारा सम्मान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असार १३, २०८१
२० वर्ष पारी विवाह गर्ने जोडीलाई वडाद्धारा सम्मान

बाजुरा : बडीमालिका नगरपालिका ७ नम्बर वडाले वडाभित्रका २० वर्ष उमेर पूरा भएर विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । बाल विवाह न्यूनिकरणका लागि वडाले गरेको निर्णय कार्यान्वयन गर्ने जोडीलाई सम्मान गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

सामाजिक रुपमा २० वर्षपछि विवाह गरेपछि सम्मान पनि पाईने र कलिलो उमेरमा विवाह गर्नु हुदैन भन्ने सन्देश दिनका लागि समेत सम्मान गर्ने गरिएको अध्यक्ष पाध्यायले बताएका छन् ।

कानुन बनेको भएपनि कार्यान्वयन नभएका कारण उत्प्रेरणा जगाउने गरी वडा कार्यालय क्रियाशील बनेको छ । उमेर पुगेर मात्र विवाह गर्नुपर्छ भन्ने थिति बसाउने उद्देश्य वडाले सम्मान गरेको छ ।  यस वर्ष मात्र ६ बढी जोडीलाई वडा कार्यालयमा एक औपचारिक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

स्थानीय चेतराज पाध्याय र रुपा जोशी, रमेश तिमिल्सेना र कमला पाण्डे, रामलाल खत्री र विमला कुमारी डाँगी र किशोर राज जैशी र कविता कुमारी तिमिल्सेना लगायतका जोडीलाई सम्मान गरिएको हो ।

२० वर्ष पारी विवाह गरेका स्थानीय मुकुन्द्र प्रसाद जैशीले विवाहको खर्च कटाएर १२ जना विपन्न बालबालिकाहरुलाई शैक्षिक र सरसफाई सामाग्री वितरण गरिएको छ ।

यस्तै वडाले उमेर नपुगेर बाल विवाह गरेका तथा घरेलु हिंसाको सिकार बनेका महिलाहरुलाई न्यानो कपडा समेत वितरण गरिएको छ । वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा वडा सदस्य, वडा सचिव लगायत स्थानीयको समहभागीता रहेको थियो ।

प्रतिक्रिया