गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:४९
Dho

जलवायु परिवर्तन कम गर्न भूमिका खेल्ने आमा समूहलाई सम्मान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असार १३, २०८१
जलवायु परिवर्तन कम गर्न भूमिका खेल्ने आमा समूहलाई सम्मान

बाजुरा : बडीमालिका नगरपालिकाले जलवायु परिवर्तन र वायु प्रदुषणलाई कम गर्नमा महत्वपूर्ण भूमिका खेल्ने आमा समूहहरुलाई सम्मान गरेको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोग तथा बडीमालिका नगरपालिकाको सहजीकरणमा बुधबार एक कार्यक्रमका बीच सम्मान तथा पुरस्कार प्रदान गरिएको उप–प्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

पछिल्लो समय गाउँका गृहिणीहरू धुवाँरहित सुधारिएको चुलोमा खाना पकाउन आकषिर्त भएका छन् । परम्परागत चुलोका कारण स्वाथ्यमा असर पर्ने भएपछि आमा समूहहरु नै सुधारिएको फलामे चुलो प्रयोग गराउने अभियान सक्रिय बनेको थापाले बताएकी छन् । 

दाउरा कम लाग्ने र धुवाँ नियन्त्रण हुने भएपछि गृहिणीहरूलाइ सुधारिएको चुलोले सहज हुदैं गएको छ । स्थानीय नागरिकलाई धुवाँबाट बचाउन सुधारिएको चुलो बरदान सावित भएको प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले बताएका छन् ।

सुधारिएको चुलोको प्रयोगले दाउरा प्रयोगमा कमी भई दाउरा जम्मा गर्न लाग्ने समय रश्रम, खर्चमा समेत कमि ल्याउन सकिने उनको भनाई रहेको छ ।

सुधारिएको चुलोले दाउराको खपत घटाउने, चुलोको कार्यदक्षता बढाउने र घर भित्रको धुवाँ कम गर्ने भएकाले बाजुरामा सुधारिएको आधुनिक चुलो प्रयोग गर्ने बढ्दै गएका छन् ।

चुलो प्रयोगले धुवाँमा हुने हानिकारक कण र ग्यासको मात्रा धेरै हदसम्म घट्ने भएकाले दम, खोकी, निमोनिया, क्यान्सर, स्वाशप्रश्वास, फोक्सोका रोग, मुटु रोग,आँखा चिलाउने, मोतीबिन्दु र टाउँको दुख्ने रोगबाट बचाउने गरेको छ ।

बडीमालिका नगरपालिका ८ र ९ नम्बर वडाका ६ महिला समूहहरु सम्मानित भएका हुन् । त्यस्तै बडीमालिका नगरपालिका–३ रजालीमा रहेको चोयाकोट माध्यामिक विद्यालयलाई उत्कृष्ट वृक्षारोपण र संरक्षण गरेकोले सम्मान सहित पुरस्कार प्रदान गरिएको युनिसेफका प्राविधिक सहायक कृष्ण बहादुर चदाँराले बताएका छन् ।

कार्यक्रममा उप–प्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, वडा नम्बर ९ का वडा अध्यक्ष सूर्यकिरण विक, कार्यपालिका सदस्य तुलसी गिरी, रोजगार संयोजक प्रमिला थापा, जि.आई.जेड नवीकरणीय उर्जाका जिल्ला संयोजक बहादुर सिंह धामी लगायतको सहभागीता रहेको थियो । 


    

प्रतिक्रिया