ओखलढुंगा : ओखलढुंगामा अविरल वर्षाका कारण गएको पहिरोले घर गोठ पुरिएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ । घर पुरिंदा खत्री र निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
प्रहरीले मृतकको लास घटनास्थलबाट उद्धार गरी कानुनी प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाल जनाएको छ । पहिरोको जोखिममा रहेका स्थानीयलाई सतर्क गराइएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया