गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१२
Dho

स्वामिकार्तिक खापर गाउँपालिकाले ल्यायाे ३८ करोड ४३ लाख बजेट

कुपोषणको अवस्था सुधारमा जोड
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार १२, २०८१
स्वामिकार्तिक खापर गाउँपालिकाले ल्यायाे ३८ करोड ४३ लाख बजेट

बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष भरत बहादुर रोकायाले गाउँ सभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

आर्थिक समिती संयोजक बिष्णु बहादुर बुढाले बजेट प्रस्तुत गर्नुभएको थियो । जसमा संघ वित्तीय समानिकरण ८ करोड ८२ लाख संघ सशर्त अनुदान (चालु, पुंजीगत) १४ करोड ८० लाख ८४ हजार संघ राजश्व बाँडफाँट ७ करोड ४१ लाख १ सय ४ रुपैया रहेको छ ।

संघ सरकारको समपुरक अनुदान पुंजीगत ८० लाख संघ विशेष अनुदान चालु १ करोड २० लाख संघ विशेष अनुदान पुंजीगत ९० लाख प्रदेश वित्तीय समानिकरण ७६ लाख ७३ हजार प्रदेश सशर्त अनुदान (चालु, पुंजीगत) ५८ लाख ५० हजार प्रदेश राजश्व बाँडफाँड ९ लाख ४५ हजार प्रदेश समपुरक अनुदान पुंजीगत १ करोड २८ लाख ५० हजार प्रदेश विशेष अनुदान चालु ५० लाख आन्तरिक श्रोत १ करोड २६ लाख ३५ जम्मा ३८ करोड ४३ लाख ३७ हजार १ सय रुपैयाँको बजेट ल्याएको हो ।

त्यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सभाका अध्यक्ष भरत बहादुर रोकायाले सबै जनताको हक बराबर सुखी जनता समृद्ध स्वामिकार्तिक खापर भन्ने मुल नाराका साथ गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गरि बिपदबाट प्रभावित पीडितहरुलाई ब्यबस्थापन गर्ने स्वच्छ र सुन्दर गाउँपालिकाको पहिचान कायम राखी योजनाबद्ध बस्ती बिकास र साना सहरीकरणका योजनालाई समेत यश नीति तथा कार्यक्रलाई  प्राथमिकता दिने बताउनुभयो ।

आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि संघिय सरकार प्रदेश सरकारबाट प्राप्त बित्तीय अनुदान घटेर आएको बताउनुभयो ।स्वामिकार्तिक दर्पण स्थानीय पाठ्यपुस्तक प्रकाशन गरिने उहाँले बताउनुभयो । 

सामुदायिक बिद्यालयमा शिक्षक बिध्यार्थी अनुपातमा विषयगत दरबन्दी एबम शिक्षक मिलान नीति बनाईने बताउनुभयो । एक मावि एक करेसाबारी कार्यक्रम लागू गरिने बताउनुभयो । त्यस्तै सबै बिद्यालयमा पुस्तकालय बिज्ञान र कम्प्युटर प्रयोगशालालाई नियमित संचालन गरिने बताउनुभयो । सामुदायिक बिद्यालयबाट एसइइ  र कक्षा १२ मा उत्कृष्ट बिद्यार्थीलाई छात्रवृत्तिको ब्यबस्थालाई निरन्तरता दिने बताउनुभयो । कर्तव्य निष्ठ ईमान्दार नियमित शिक्षक र उत्कृष्ट बिद्यालयलाई मैना जोशी अक्षयकोष बाट पुरुस्कृत र प्रोत्साहन गर्ने बताउनुभयो ।

हाम्रो बिद्यालय राम्रो बिद्यालय मुल नाराका साथ नमुना बिद्यालय छनोट गरि कार्यक्रम लागू गरिने उहाँले बताउनुभयो ।त्यस्तै स्वास्थ्य तर्फ नागरिकहरुलाई मृगौला ,मुटु उच्च रक्तचाप,मधुमेह जस्ता घातक रोगको निशुल्क जाँच र उपचारको प्रबन्ध मिलाईने बताउनुभयो । आर्थिक रुपमा अति बिपन्न, जेष्ठ नागरिक अशक्त अपांगलाई र सुत्केरीको स्वास्थ जाँच र उपचारको प्रबन्ध मिलाईने बताउनुभयो । 

स्वास्थ संस्थाहरूको प्रभावकारी सेवा बिस्तारका लागि सार्बजनिक संस्था निजि क्षेत्र र गैरसरकारी संस्थाहरुसंग सहकार्यको नितिलाई निरन्तरता दिने बताउनुभयो ।गरिब परिचय पत्रका आधारमा स्वास्थ सीमान्तकृत ,गरिब तथा पछाडी परेका जनसमुदायहरुलाई निशुल्क स्वास्थ बिमा गरिने उहाँले बताउनुभयो । 

गाउँपालिका बासिको उपचारका  लागि ललितपुरको एचआरडिसी, बयालपाटा अस्पताल अछाम,जिल्ला अस्पताल बाजुरा, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी, काठमाण्डौ मेडिकल कलेज लगायत देशका अन्य देशका स्वास्थ संस्थासंग साझेदार समन्वय र सहयोग गर्ने नीति लिने उहाँले बताउनुभयो । पोषणमैत्री स्थानीय शासनको नीति अबलम्बन गर्दै गाउँपालिकामा ब्याप्त रुपमा रहेको कुपोषण आगामी ३ बर्ष भित्र न्यूनीकरणका लागि बहुक्षेत्रीय पोषण लगायतका कार्यक्रमसंग समन्वय गरि लक्षित कार्यक्रमहरु संचालन गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया