गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:००
Dho

गौमुलमा शिक्षाको गुणस्तर सुधार गर्न अभिभावकलाई प्रशिक्षण

गाैमुल खबर गाैमुल खबर
सोमबार, असार ११, २०८१
गौमुलमा शिक्षाको गुणस्तर सुधार गर्न अभिभावकलाई प्रशिक्षण

बाजुरा : गौमुल गाउँपालिकामा शिक्षाको गुणस्तर थप सुधार गर्न अभिभावक, शिक्षक, विद्यार्थी र जिम्मेवार व्यक्तिहरुसंग छलफल र अन्तरक्रिया गर्ने गरिएको छ । शिक्षाको गुणस्तरलाई वृद्धि गर्ने लक्ष्यका साथ विभिन्न ठाउँमा भेला र तालिम मार्फत प्रशिक्षण गर्ने गरिएको हो ।

सेवा क्षेत्रका व्यक्तिहरुलाई एकै ठाउँमा राखेर संवाद, छलफल र अन्तरक्रिया गर्ने गरिएको छ । जसबाट विद्यालय र आफ्ना छोराछोरीप्रति जिम्मेवार हुने विश्वस लिएको छ । सोमबार गौमुल गाउँपालिका–२ पदमपुर आधारभूत विद्यालयमा शैक्षिक क्षेत्रलाई बलियो बनाउँन अभिभावकलाई प्रशिक्षण गरिएको छ । 

गौमुल गाउँपालिकाको समन्वय सहयोगी हातहरुको समूह (सहास) नेपालको आयोजनामा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक शिक्षा सम्बन्धी प्रशिक्षण गरिएको हो । विद्यालयप्रति अभिभावकलाई उत्तरदायी तथा जिम्मेवार बनाई शैक्षिक गुणस्तरमा सहयोग पुगोस् भन्ने उद्देश्य सहीत गोष्ठी मार्फत प्रशिक्षण गरिएको समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अधिकृत दिलबहादुर धामीले बताएका छन् ।

विद्यालयप्रति चिन्ता, चासो र जिम्मेवार नहुँदा विस्तारै शैक्षिक गुणस्तर खस्किदै गएकोले यसलाई सुधार गर्न विद्यालय र समुदाय स्तरमै पुगेर प्रशिक्षण गर्ने गरिएको साहस नेपालका शिक्षा सहजकर्ता उमेश बोहराले बताएका छन् । 

त्यस्तै बालबालिकामा पढाईप्रति चासो, अनुसाशित र लगनशील बनाउँन अभिभावकको भूमिका र विद्यालय व्यवस्थापन समिति, शक्षिक अभिभावक संघको जिम्मेवारीका विषयमा समेत जानकारी गरिएको छ ।   

शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले लिएको नीति र कानुनी व्यवस्थाका बारेमा र अभिभावकको काम कर्तब्य र ज्ञान सिपका बिषयमा जानकारी पाउँदा सहभागिहरुले खुशी व्यक्त गरेका छन् । कार्यक्रमको सहजीकरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम नाथले गरेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा साहस नेपालका शिक्षा परियोजना अधिकृत दिल बहादुर धामी प्रमुख अतिथि र गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम नाथ अतिथि रहनुभएको थियो । 

कार्यक्रममा विद्यालय सेवा क्षेत्रभित्रका विव्यस शिक्षक अभिभावक संघका पदाधिकारी सहीत ३० जना अभिभावकको सहभागिता रहेको थियो । 

प्रतिक्रिया