गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०७
Dho

शैक्षिक गुणस्तर वृद्धि गर्न अध्यक्ष रोकायाले गरे प्रधानाध्यापकसंग छलफल

गाैमुल खबर गाैमुल खबर
आइतबार, असार १०, २०८१
शैक्षिक गुणस्तर वृद्धि गर्न अध्यक्ष रोकायाले गरे प्रधानाध्यापकसंग छलफल

बाजुरा : गौमुल गाउँपालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्न विभिन्न व्यक्तित्वहरुसंग छलफल गर्ने कार्य जारी रहेको छ । जनप्रतिनिधी, शिक्षक, आवद्ध गैरसरकारी संस्था, अभिभावकहरुसंग छलफल सहीत अन्तरक्रिया गर्ने गरेको हो ।

सम्रग पालिकाको शिक्षा क्षेत्रको विकासका लागि आईतबार गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले पालिकाका २३ वटै विद्यालयका प्रधानाध्याकसंग छलफल गर्नुभएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राम नाथले बताएका छन् । बैठकमा अध्यक्ष रोकायाले शिक्षा गुणस्तर सुधार गर्न पहिलो जिम्मेवारी शिक्षको रहेको बताएका छन् । 

पालिका सरकारको लक्ष्य उद्देश्य र लगानीलाई आत्मसाथ गर्दै शिक्षकले सकारात्मक भूमिका निर्वाह गर्न सुझाउनु भएको छ । अबको लक्ष्य भनेकै पालिकाको शिक्षा क्षेत्र बलियो बनाउँने रहेकाले यसमा सबैले जिम्मेवार र क्रियाशील हुनुपर्ने बताए । 

पालिकाका नीति तथा कार्यक्रममा पनि शिक्षालाई विशेष प्राथमिकतामा राखेको उनले बताए । विद्यालयका भौतिक संरचना निर्माणको सकिएको र अब हर हिसाबले शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा जोड दिए ।   

शैक्षिक गुणस्तर सुधारका लागि र बालाबालिकाको सिकाई उपलब्धी बृद्धी गर्न पालिका सरकारले गर्नपर्ने कामहरु सबै गर्ने र विद्यार्थीको पढाईतिर इच्छाशक्ति बढाउँन अभिभावकलाई उत्तरदायी बनाउने खालका क्रियाकलाप सञ्चालन गर्ने अध्यक्ष रोकायाले बताएका छन् ।

आफ्ना छोराछोरी र विद्यालयप्रति उदत्तरदायी भूमिका निर्वाह गर्ने अभिभावकलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने र उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कृत गर्ने उनले बताए । बैठकमा सबै विद्यालयका प्रधानाध्यापकले आफ्नो विद्यालयका हालसम्म भएको सिकाई उपलब्धी प्रस्तुत गर्नुभएको थियो । 

प्रतिक्रिया