गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१६
Dho

गौमुल गाउँपालिकामा कम पुँजी भएको मदिरा व्यवसाय दर्ता गर्न नपाईने

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार ०८, २०८१
गौमुल गाउँपालिकामा कम पुँजी भएको मदिरा व्यवसाय दर्ता गर्न नपाईने

बाजुरा : गौमुल गाउँपालिकामा कम पुँजी भएको मदिरा व्यवसाय दर्ता गर्न नपाईने भएको छ । मदिरालाई थप व्यवस्थापन गर्न गाउँपालिका भरी पालिकाको मदिरा ऐन बमोजिम ५ लाख भन्दा थोरै पूजी भएको मदिरा व्यवसायलाई दर्ता गर्न नमिल्ने भएको हो ।

आज गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौं अधिवेशनको आगामीक आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा नयाँ ऐन, नियम र कानुन प्रस्तुत गर्दै ५ लाख भन्दा कम पुजी भएको मदिरा व्यवसायलाई दर्ता गर्न नमिल्ने बताईएको छ ।

पाँच लाख सम्मको मदिरा व्यवसाय दर्ता शुल्क ७ हजार लाग्ने भएको छ । भने महिला मात्र व्यवसायी भई आर्थिक वर्षदेखि दर्ता हुने नयाँ व्यवसायहरुलाई २५ प्रतिशत कर छुट हुने भएको छ । सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने बाहेक महिला, दलित, अपाङ्गले सञ्चालन गरेको व्यवसायमा ५० प्रतिशत कर छुट गरिने छ । 

गाउँपालिकाको आगामीक आर्थिक वर्ष  ०८१/०८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष सीता थापाले विदेशबाट फर्किएका युवाहरुले लगानी गरी कम्तीमा ५ जनालाई रोजगारी दिने व्यवसायलाई सत प्रतिशत कर छुट गरिने र रैथाने बाली व्यवासय दर्तामा ५० प्रतिशत छुट गरिने बताएकी छन् ।

त्यस्तै गौमुल गाउँपालिका भिर बहालमा रहेका भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, जग्गा वा पोखरीको बहाल शुल्क ३५ प्रतिशत कर उपर गरिने छ । व्यवसाय दर्ता तर्फ १ लाखसम्मको व्यवसायी दर्ता शुल्क ३ हजार, ३ लाखको व्यवसायी दर्ता शुल्क ५० हजार, ५ लाख सम्मको दर्ता शुल्क ७ हजार लाग्ने भएको छ । 

त्यस्तै १० लाखको व्यवसाय दर्ता ११ हजार, २० लाख सम्मको व्यवसाय दर्ता १७ हजार, घ वर्गको निर्माण व्यवसाय इजाजत २७ हजार र ठाउँ सारी आएको गएकोलाई ५० हजार लाग्ने भएको छ ।

प्रतिक्रिया