गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५६
Dho

संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले आफैंलाई गोली हाने

गाैमुल खबर गाैमुल खबर
बुधबार, असार ०६, २०८१
संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले आफैंलाई गोली हाने

काठमाडौं :   नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैलाई गोली हानेका छन्।  ड्युटीमा रहेका बेला बुधबार बिहान ८ बजेतिर  २२ वर्षीय अजित गोलेले आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा हानेर आत्महत्या गरेको प्रहरी स्रोतले जनाएको छ।

संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो। बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले  ८:१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।

दोलखाको मेलुङ गाउँपालिका-४ घरका गोले  नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया