गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१८
Dho

गौमुल गाउँपालिकामा बिषयगत समितिका छलफल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार ०५, २०८१
गौमुल गाउँपालिकामा बिषयगत समितिका छलफल

बाजुरा : गौमुल गाउँपालिकामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमका विषयमा निरन्तर छलफल चलिरहेका छन् । आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ल्याईने नीति कार्यक्रमका विषयमा छलफल चलिरहेको प्रवक्ता देव बहादुर रोकाया जानकारी दिएका छन् ।

गाउँपालिकामा रहेका विभिन्न विषयगत समितिका बैठक बसी नियमित छलफल गर्ने क्रम जारी रहेको बताएका छन् । टोल, बस्ती र वडाहरुबाट आएका योजनाहरुलाई विषयगत समितिको बैठकमा पेश गरी छलफलपछि आगामी असार १० गते हुने गाउँ सभाबाट पारित हुने भएका छन् ।

बिषयगत समितिको बैठकमा नीति कार्यक्रम र योजनालाई प्राथमिकतामा आधारमा घनीभूत छलफल गरेर निष्कर्षमा ल्याईने सुशासन तथा संस्थागत विकास समितिका संयोजक देवेन्द्र बहादुर रोकायाले बताएका छन् ।

श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, स्थानीय राजश्व परामर्श समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वन तथा वातावरण समिति, सुशासन तथा संस्थागत विकास समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति र अनुगमन तथा सुपरिवेक्षण समितिका छलफल जारी रहेको छन् ।

विषयगत समितिका संयोजक, सदस्य र सदस्य सचिव सहित छुट्टाछुट्टै रुपमा छलफल गरेर सोही अनुसार आएका नीति तथा कार्यक्रम र योजना प्राथमिकताका आधारमा गाउँ सभाबाट पारित गरिने भएका छन् । 

प्रतिक्रिया