गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४७
Dho

घट्मुना बजार अनुगमन, म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरी नष्ट

गाैमुल खबर गाैमुल खबर
सोमबार, असार ०४, २०८१
घट्मुना बजार अनुगमन, म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरी नष्ट

बाजुरा : गौमुल गाउँपालिकामा बजार अनुगमन गरिएको छ । गाउँपालिका उपाध्यक्ष सीता थापा नेतृत्वको अनुगमन टोलीले घट्मुना बजार अनुगमन गरेको हो ।

व्यापारीहरुले म्याद गुज्रेका सामाग्री विक्रि गर्ने गरेको जनगुनासो पछि आइतबार छड्के रुपमा बजार अनुगमन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताएका छन् ।

अनुगमनका क्रममा ठुलो मात्रामा अखाद्य वस्तु र म्याद गुज्रेको औषधी समेत बरामद गरेको छ । घट्मुना बजार र बडीमालिका नगरपालिका–२ मैमातोला बजार गरी १७ पसलबाट म्याद सकिएका सामान बरामद गरिएको छ । 

घट्मुना बजारमा सञ्चालित पसलहरुमा सामान मूल्य सूची, विल विजक, दर्ता प्रमाण पत्र, पसलको बोर्ड भए नभएको पनि जानकारी लिएको छ । अनुगमन टोलीले घट्मुना बजारमा रहेका डिजीबि खुद्रा पसलबाट बदाम २ पोका, किसमीस १ पोका, विस्कुट २ पोका, चाउँचाउँ ३ पोका, लक्ष्मण होटलबाट बच्चाको खानेकुरा टाईम पास ४ दर्जन बरामद गरेको छ ।

घट्मुनामै रहेको सरिता थापाको पसलबाट मालामाल २८ पोका, लिविष्टिक २१ पिस, ब्रोपलास ६ वटा र रहर नामक मदिरा २२ पिस, भुवन जनरल स्टोरबाट सुपर पावर १७ पीस, घटाल जनरल स्टोरबाट चिल्ली ३ पोका, रोलर मिठाई १ दर्जन, बडीमालिका मेडिकलबाट मेट्रोसेप २१ पीस, हिमालयन जनररल स्टोरबाट विस्कुट ९ पोका, पापड १ पाकेट अखाद्य वस्तु बरामद गरेको छ ।

त्यस्तै सन्दिप जनरल स्टोरबाट अमिलो तरल पदार्थ २ बोतल, बडीमालिका होटलबाट दालमोट १० पोका, विस्कुट ३२ पीस, सुजी ४ पाकेट, दलमोट चना ४ पाकेट, भुजा १ पोका, घटाल ब्रमदेव जनरल स्टोरबाट चियापत्ति १० पीस, मैदा १० बोरा, चिउँरा २ बोरा, न्यू घटाल जनरल स्टोरबाट स्पाईन्स पावडर १३ पीस, प्रोस्टाईल तेल ५ पीस, अंकित होटलबाट धनियाँ ५ पत्ता, चियापत्ती ३ पीस, रहर मदिरा ४ वटा, चटपट ४५ पीस, मसला २७ पीस जफल गरिएको छ ।

बरामद गरिएको सबै अखाद्य वस्तुहरु आजै नष्ट गरिएको छ । अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न वस्तुहरु जफत गरी नष्ट गरिएको र पसल सञ्चालकहरुलाई अखाद्य वस्तु विक्रि वितरण नगर्न अन्तिम चेतावनी दिएको उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक सीता थापाले बताएकी छन् । 

उपभोक्ताको हितका लागि विक्रेताले पनि आफ्नो जिम्मेवार वहन गर्नुपर्ने बताउँदै बजारमा कालीबजारी, उपभोग हुने अखाद्य वस्तुहरुको विक्रि वितरण भएमा सूचना दिन उनले आग्रह गरिन् । उपाध्यक्ष थापाले अबदेखि अखाद्य वस्तुहरु विक्रि नगर्न व्यापारीलाई आग्रह गर्दै मुल्य सूची, विल, बोर्ड, नवीकरण, नगरेका व्यपारीहरुले तुरुन्त गर्न सुझाव दिनुभएको छ  ।

अहिले सुझाव मात्रै दिएको र अर्को पटक नगरेको भेटिए कडा कारवाही गर्ने उनले बताईन् । जुनसकुकै सामान किन्दा म्याद हेरेर मात्रै उपभोग गर्न सम्पूर्ण उपभोक्तालाई आग्रह गरिएको छ । म्याद नाघेका वस्तुहरुले स्वास्थ्यमा धेरै असर पार्ने भएकाले म्याद नगुज्रेका खाद्य वस्तुहरु मात्रै उपभोग गर्न अनुगमन टोलीले सुझाव दिएका छन् ।

अनुगमनमा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, प्रशासन सहायक गगन धामी, स्वास्थ्य शाखा प्रमुख हरिश चन्द्र विक, कृषि शाखाका कमला विक, रोजगार शाखाका संयोजक सिर्जना विष्ट रोकाया, तथ्याङ्क संकलक श्याम बहादुर रोकाया, पञ्जीकरण शाखाका प्रेम सार्की, ईलका प्रहरी कार्यालय गौमुलका प्रमुख राम बहादुर अयडी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया