गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५९
Dho

७ ओभरमा नेपालले गुमायो ५ विकेट

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, असार ०४, २०८१
७ ओभरमा नेपालले गुमायो ५ विकेट

काठमाडौं : टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले सात ओभरमा पाँच विकेट गुमाएको छ । पाँचौ विकेटको रुपमा सन्दीप जोरा १ रन बनाएर आउट भए । उनले ८ बल सामना गरेका थिए ।

यसअघि आशिफ शेख १७, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल ४ र अनिल कुमार साह शून्य रनमा आउट भएका थिए । यो समाचार तयार पार्दासम नेपालले ३० रन बनाएर खेलिरहेको छ ।

तन्जिम हसन सकिबले चार ओभरमा दुई मेडन राख्दै ४ विकेट लिएका छन् । उनले ७ रन मात्र खर्चिएका छन् । मुस्तफिजुर रहमानले १ विकेट लिएका छन् ।

प्रतिक्रिया