गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१८
Dho

बालबालिकाको क्षमता विकासका गर्न प्रशिक्षण

गाैमुल खबर गाैमुल खबर
शनिबार, असार ०२, २०८१
बालबालिकाको क्षमता विकासका गर्न प्रशिक्षण

बाजुरा : गौमुल गाउँपालिकामा बालबालिकाको क्षमता विकासका लागि प्रशिक्षण गरिएको छ  । प्रशिक्षणमा वार्षिक योजना निर्माणदेखि बालबालिकाको हक अधिकारका बारेमा जानकारी गराएको हो । 

गाउँपालिकाको समन्वय तथा सहयोगि हातहरुको समूह (सहास) नेपालको आयोजनामा सञ्चालन गरिएको बाल अधिकार सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा विशेष गरी बाल क्लवहरले वार्षिक रुपमा गर्ने विभिन्न गतिविधीको कार्ययोजना निर्माण गर्न र बाल अधिकारका विषयमा जानकारी गराएको सहास नेपाल समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अधिकृत दिलबहादुर धामीले बताएका छन् । 

गोष्ठीमा नेपालमा बालबालिकाको तथ्याङ्कका विषयमा जानकारी, बाल अधिकार र संरक्षण, बाल समुह र बाल क्लवका काम कर्तब्य र अधिकारका बिषयमा जानकारी गराईनुका साथै समुहगत छलफल मार्फत वाािर्षक कार्ययोजना निर्माण गराएको थियो । 

बालबालिकाले बाल क्लवमा सक्रिया रुपमा काम गरेको भएपनि कतियलाई कार्ययोजना थाहा नपाएर अन्यौलमा पर्ने गरेको भन्दै कामको सहजताका लागि प्रशिक्षण गरिएको धामीले जानकारी दिएका छन् । 

कार्य योजना निर्माणसंगै बाल अधिकार र बाल श्रमका कुरा सिक्न पाएकोमा बालबालिकाले खुशी व्यक्त गरेका छन् । सहास नेपाल विभिन्न विद्यालयमा बाल क्लव गठन गरेका छन् । सोही क्लव मार्फत शिक्षा क्षेत्रदेखि बालबालिकाको क्षमता विकासका क्रियाकलाप गरिरहेको छ ।   

कार्यशाला गोष्ठीमा साहस नेपालको शिक्षा परियोजना कार्य क्षेत्रभित्रका ५ वटा विद्यालय किर्तिचौर मावि, मानाकोट मावि, घटाल आधारभूत विद्यालय र पदमपुर आधारभूत विद्यालयमा गठित बाल समुहका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया