गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३८
Dho

एमाले गौमुल-४ को दोस्रो अधिवेशन : अध्यक्षमा बुढा सर्वसम्मत

गाैमुल खबर गाैमुल खबर
शनिबार, असार ०२, २०८१
एमाले गौमुल-४ को दोस्रो अधिवेशन : अध्यक्षमा बुढा सर्वसम्मत

बाजुरा : नेकपा एमाले गौमुल गाउँपालिका ४ नम्बर वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आज वडाको केन्द्र निलासैनमा सञ्चालन भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

गाउँपालिका स्तरीय अधिवेशन सकिए पश्च्यात वडा कमिटीको अधिवेशनमा नेताहरु केन्द्रीत देखिएका छन् । यतिबेला नेताहरु वडादेखि टोल कमिटीमा नयाँ नेतृत्व विस्तारमा लागेका छन् । सोही सन्दर्भमा आज वडा नं.४ मा पनि अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । 

अधिवेशनको नेकपा एमाले प्रदेश कमिटी सदस्य कलक सिंहले उद्घाटन गर्नुभएको थियो । निर्वतमान अध्यक्ष कर्ण बुढाको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनको विशिष्ट अतिथिमा जिल्ला कमिटी सदस्य सीता थापा रहनुभएको थियो । भने अतिथिमा जिल्ला कमिटी सदस्य धनलक्ष्मी जैशील, अमर विक, गाउँ कमिटी अध्यक्ष मोहन रोकाया लगायत रहनुभएको थियो ।

अधिवशेनको सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले पार्टीलाई बलियो बनाउँन वडा स्तरका संगठनहरु सक्रिय हुनुपर्ने बताएका छन् । वडा कमिटीमा निर्वाचित पदाधिकारीहरुले क्रियाशील रुपमा लाग्न सुझाव दिँदै मिसन ८४ केन्द्रीत हुन आग्रह गरेका छन् । 

त्यस्तै अधिवशेनको शुभकामना मन्तव्य राख्दै जिल्ला कमिटी सदस्य सीता थापा, धनलक्ष्मी जैशी र अमर विकले मिसन ८४ मा एमाले अब्बल बनेर जनताका आधारभूत आवश्यकता अनुसारका काम गर्ने बताउँदै जनताको बहुदलीय जनवादलाई व्यवाहारिक रुपमा लागु गर्दै जनताको पक्षमा एमालेले जति कसैले पनि नसक्ने दाबी उनीहरुको थियो । 

त्यसैगरी एमाले ४ नम्बर वडा कमिटीको अध्यक्षमा कर्ण बहादुर बुढा सर्वसम्मत निर्वाचित भएका छन् । वडा कमिटीको दोस्रो अधिवेशनबाट बुढा सर्वसम्मत चयन भएका हुन् । कमिटीको उपाध्यक्षमा गेले रोकाया, सचिवमा तुसार सार्की, उपसचिवमा शुनिता बुढा र रचना विक सहीत ३१ सदस्यीय कमिटी गठन गरिएको छ । 

६ वटा वडा रहेको गौमुल गाउँपालिकामा १, २, ३ र ४ वडाको अधिवशेन सकिएको छ । भने ५ र ६ वडा बाकी रहेका छन् । यी वडामा पनि अधिवेशन गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया