गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:५७
Dho

दीपेन्द्र र कुशल भुर्तेलको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार ०२, २०८१
दीपेन्द्र र कुशल भुर्तेलको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौं : दुई स्पिनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाललाई ११६ रनको लक्ष्य लिएको छ ।

सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनायो ।

ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । ओपनर क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाए ।

नेपालका कुशल भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया