गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३४
Dho

अनेम संघ गौमुलको अधिवेशन सकियो, नयाँ नेतृत्व चयन

मुना राेकाया मुना राेकाया
शुक्रबार, असार ०१, २०८१
अनेम संघ गौमुलको अधिवेशन सकियो, नयाँ नेतृत्व चयन

बाजुरा : अखिल नेपाल महिला संघ गौमुल गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जिल्ला स्तरीय अधिवेशन सम्पन्न पश्चयात पालिका स्तरीय अधिवेशन अन्र्तगत आज गौमुल गाउँपालिकामा दोस्रो अधिवेशन सञ्चालन गरिएको हो ।

गाउँपालिकाको केन्द्र घट्मुनामा सञ्चालन गरिएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अनेम संघ निर्वतमान अध्यक्ष गिता रोकायाको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनको उद्घाटन नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य बसुन्धारा रोकाया गर्नुभएको थियो ।

अधिवेशन उद्घाटन समारोहको सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकायाले महिलालाई पहिले जस्तै कमजोर भएर नबस्न सुझाव दिँदै आफ्नो हक अधिकार खोस्न समेत अग्रसर भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य कलक सिंहले दुर्गमका महिलाहरुले क्षमता विकास गरी नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् । पछिल्लो समयमा जुनसुकै काममा पनि महिलाको सक्रियताले परिवर्तन हुँदै गएको बताउँदै थप सबैले एकजुट भएर लाग्न आग्रह गरेका छन् ।   

गौमुल गाउँपालिका हरेक सकारात्मक कुरामा अग्रणि भुमिका खेल्ने पहिलो पालिका रहेकोले नेतृत्व र क्षमता विकास गरी यहाँका महिलाले अझै अब्बल हुन जरुरी रहेको नेकपा एमाले प्रदेश कमिटी सदस्य माया (खड्का) कुवँर बताएकी छन् । 

गौमुलमा महिलाको बाक्लो सहभागिताले अरु पालिकाले सिक्नुपर्ने भन्दै अन्य पालिकाले पनि परिवर्तनशिल हुनुपर्ने उनले बताइन् । त्यसैगरी अनेमा संघ बाजुरा जिल्ला अध्यक्ष कोपिला सिंहले महिलाहरुले अब्बल हुन सबै काममा क्रियाशील र सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् । 

नराम्रो प्रवृत्तिको अन्त्य गर्दै नयाँ ढंगले अगाडि बढ्न सुझाव दिँदै समाजमा विभिन्न हिंसात्मक घटनाहरु बढिरहेकोले त्यसलाई निर्मुल पार्नसक्ने जनशक्ति बनाउँन लाग्नुपर्ने अध्यक्ष सिंहले बताएकी छन् । अधिवेशनको शुभकामना व्यक्त गर्दै अनेमा संघका निर्वतमान अध्यक्ष गिता रोकायाले अनेम संघ महिलाहरुको हकहितको लागि न्यायको अभियान चलाउने एउटा संगठन भएका बताएकी छन् । 

नेकपा एमालेको २३ वटा जनवर्गीय संगठनमा पहिलो स्थापना भएको बताउँदै महिलाहरुलाई बोल्न सक्ने क्षमता र गाउँ ठाउँमा छहरिएर रहेका पीडित र विपन्न महिलाहरुका आवाज बुलन्द पार्र्ने संगठन रहेको जिकिर गरिन् । 

अनेमा संघको गौमुल गाउँपालिका निर्वतमान अध्यक्ष गिता रोकायाको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया रहनुभएको थियो । 

त्यस्तै विशिष्ट अतिथि नेकपा एमाले प्रदेश सदस्य कलक बहादुर सिंह, सीता बराल रहनुभएको थियो । भने अतिथिमा नेकपा एमाले प्रदेश सदस्य माया (खड्का) कुवँर जिल्ला कमिटी सदस्य सीता थापा, गोरख बोहरा अमर विक, देब बहादुर रोकाया, धनलक्ष्मी जैशी,  अनेम संघ बाजुरा जिल्ला अध्यक्ष कोपिला सिंह, नेकपा एमाले गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकाया रहनुभएको थियो । 

नेकपा एमाले जिल्ला कमिटी सदस्य सीता थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा ६ वटै वडाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । त्यस्तैगरी नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ गौमुल गाउँपालिकाको अध्यक्षमा विमला धामी चयन भएकी छन् । गाउँपालिकाको केन्द्र घट्मुनामा सञ्चालन भएको दोस्रो अधिवशेनले धामीको नेतृत्वमा ३५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । 

अनेम संघ गौमुल गाउँपालिकाको दोस्रो अधिवेशनबाट कमिटीको उपाध्यक्षमा निसा रोकाया, सचिवमा कल्पना थापा, उपसचिवमा दिपा रोकाया, कोषध्यक्षमा जानकी विष्ट चयन भएका छन् ।  

प्रतिक्रिया