गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३३
Dho

शिक्षाको गुणस्तर सुधार गर्न गौमुलमा समीक्षा, धेरै हातहरु एक साथ हुनुपर्ने जोड

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार ०१, २०८१
शिक्षाको गुणस्तर सुधार गर्न गौमुलमा समीक्षा, धेरै हातहरु एक साथ हुनुपर्ने जोड

बाजुरा : शैक्षिक क्षेत्र सुधारका लागि गौमुल गाउँपालिकामा समीक्षा गरिएको छ । शिक्षा क्षेत्रमा लगाएको लागानी अनुसार शिक्षाको गुणस्तर वृद्धि नहुनुको कारण र आगामीक दिनमा खेल्नुपर्ने भूमिकाको विषयमा जनप्रतिनिधी, शिक्षक र विद्यार्थीबीच समीक्षा गरिएको हो । 

गौमुल गाउँपालिकाको समन्वय सहयोगि हातहरुको समूह (सहास) नेपाल समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको आयोजनामा समीक्षा सञ्चालन गरिएको हो । समीक्षामा शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने पक्ष, स्थानीय सरकार र विद्यालयले खेल्नुपर्ने भूमिका र बनाउनु पर्ने योजनाका विषयमा छलफल भएको थियो । 

गाउँपालिकाको सभाहलमा सञ्चालन भएको समीक्षामा शिक्षाको गुणस्तर वृद्धि गर्न चुनौति रहेपनि सबैले गतिलो किसिमको भूमिका खेले सम्भव रहेको बताईएको छ । बाजुरा जिल्लामा ७१ प्रतिशत मात्रै साक्षरताको तथ्याङ्क रहेको छ ।

यो तथ्याङ्कलाई हेर्दा बाजुराको शिक्षाको गुणस्तर विस्तारै ओरालोमा लागेको देखिन्छ । शिक्षा सुधारका लागि परिवर्तन गर्न सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको कार्यक्रममा सहभागिहरुले बताएका छन् ।

जनशक्ति अभाव र जवाफदेहिता कम भएर गुणस्तरीय शिक्षा सुधार नभएको निष्कर्ष सहीत कुनै पनि काम गर्दा एक अर्कोमा विश्वस र भरोसा हुनुपर्ने र त्यो विश्वस जागृत गर्नका लागि सबै भन्दा पहिले सोच परिवर्तन हुन आवश्यक बताईएको छ । 

समीक्षा गोष्ठीको प्रशिक्षण सहास नेपाल समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अधिृत दिलबहादुर धामीले गरेका थिए । उनले सद्भाव, सहकार्य, सम्बन्ध र इमान्दारीताले शिक्षाको गुणस्तर सुधार गर्न सम्भव रहेको बताउँदै शिक्षक इमान्दारी, विद्यार्थी समझदारी, अभिभावक वफादार तथा जिम्मेवार र स्थानीय सरकार पहरेदार हुनुपर्ने बताए ।

दिमाख र हातको संयोजनसहित धेरै हातहरु एकसाथ भएमात्रै शिक्षा बलियो हुने कुरा बताउँदै विद्यार्थी विद्यालयबाट भागेर घर होइन्, घरबाट भागेर विद्यालय जाने वातावरण बनाउनु पर्ने धामीले बताएका छन् । 

शिक्षा सुधारका लागि  सचेतना, आशावादी, इमान्दारीता, सदाचारी नेतृत्व हुनेपर्ने सहास नेपालका शिक्षा सहजकर्ता उमेश बोहराले बताएका छन् । विद्यार्थीको क्षमता अभिवृद्धिका लागि खानपानमा विशेष ध्यान दिने र साँझा बुझाईका साथ अगाडी बढ्नुपर्ने उनले बताए ।

समीक्षामा गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले आफ्नो जिम्मेवारी काम मनभित्र देखि गरेपछि असफल नहुने बताएका छन् । विद्यार्थीले औपचारिकतामा मात्रै सिमित नभई आफ्नो कर्तव्य पालना गर्न र विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने खालको वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् । 

अध्यक्ष रोकायाले शिक्षकले विद्यार्थीलाई धेरै ज्ञान प्रदान गर्न पठनपाठनमा रचनात्मक ढंगले शिक्षण गराउनु पर्ने बताउँदै विद्यालय सेवा क्षेत्रभित्रका व्यक्तिहरुले आआफ्नो कर्तव्य र अधिकारलाई सही ढंगले पालन गरे विद्याय सुधार गर्न धेरै टाढको विषय नरहेको बताए । 

गाउँपालिकामा शिक्षाको गुणस्तर सुधार गर्नका लागि धेरै प्रकारका छलफल गरिदै आएको र अहिलेको नीति तथा कार्यक्रममा सुधारका पक्ष समेटेर थप बलियो ढंगले अगाडी बढ्ने योजना रहेको अध्यक्ष रोकायाले बताएका छन् । 

गौमुल गाउँपालिकाको सभाहलमा सञ्चालन भएको समीक्षामा गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया, उपाध्यक्ष सीता थापा, ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्ट, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया