गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४८
Dho

गौमुलमा विपद् व्यवस्थापन समितिको बैठक बस्यो

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार ०१, २०८१
गौमुलमा विपद् व्यवस्थापन समितिको बैठक बस्यो

बाजुरा : गौमुल गाउँपालिकामा जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेको छ । मनसुनमा हुन सक्ने सम्भावित घटनालाई मध्येनजरी गर्दै पूर्वतयारीका लागि बैठक बसेको हो ।

गाउँपालिकाको सभाहलमा बसेको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । विपद्मा चाहिने आवश्यक सामाग्रीको व्यवस्थापन, वडामा राखिएका विपद् सम्पर्क व्यक्तिलाई तयारी राख्ने र असिना पानी, हावाहुरीबाट प्रभावित परिवारलाई आवश्यक राहतका लागि सम्बन्धीत निकायमा पहल गर्ने निर्णय गरिएको छ ।   

यस वर्ष मनसुन धेरै सक्रिय रहने भएकाले पूर्वतयारीका लागि बैठक बसेको गाउँपालिका विपद् व्यवस्थापन समितिका सचिव रण बहादुर विकले बताएका छन् । बैठकमा ६ वटै वडामा विपद्का सबै सामाग्री पाठाईसकेको उनले बताए ।

प्रभावित व्यक्तिलाई सामाग्रीहरु छिटो उपलब्ध गर्न सहजताका लागि यस वर्ष वडामै सामाग्रीहरु पठाईएको छ । बैठकमा वडामा रहेका विपद् सम्पर्क व्यक्तिहरुले तयारी अवस्थामा बस्न आग्रह गरिएको छ ।

बैठकमा गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले मनसुन सक्रिय हुन पूर्व सबैले सचेत र सर्तकता अपनाउनु पर्ने बताएका छन् । यसवर्षको मनसुनमा धेरै मानिसहरु प्रभावित र विस्थापित हुने सम्भावना रहेको बताउँदै जोखिम स्थानमा रहेका नागरिकले सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । 

गाउँपालिका उपाध्यक्ष सीता थापाले विपद् प्रतिकार्यमा सबैले सक्रिय रुपमा लाग्नुपर्ने बताएकी छन् । विपद् प्रतिकार्य तालिम प्राप्त व्यक्तिहरुले पनि पूर्व तयारीका साथ बस्न उनले आग्रह गर्नुभएको छ ।  

गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको बैठकमा उपाध्यक्ष सीता थापा, ६ वटै वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्ट, ईलाका प्रहरी कार्यालयका प्रमुख राम बहादुर अयडी, पत्रकार प्रमित विक लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया