गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४२
Dho

गौमुल गाउँपालिकामा ६० पेटी अवैध मदिरा नष्ट

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार ०१, २०८१
गौमुल गाउँपालिकामा ६० पेटी अवैध मदिरा नष्ट

बाजुरा : गौमुल गाउँपालिकामा बरामद ६० पेटी अवैध मदिरा नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलीले जेठ २२ गते वडा नं.२ सिम बजार लजादैँ गरेको रहर नामक अवैध मदिरा बरामद गरेको थियो ।

बरामद गरिएको अवैध मदिरा जनप्रतिनिधी, गाउँपालिका कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी र पत्रकारको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ । गाउँपालिकाले निषेध गरेको मदिरा लुकीछिपी विक्रि वितरण गर्नका लागि ट्याक्टरमा लजादै गर्दा प्रहरीले घट्मुना बजारमा बरामद गरेको थियो ।   

गौमुल गाउँपालिकाले जारी गरेको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५ ले अवैध मदिरा भएको प्रमाणित भई कार्यविधीको दफा ५ बमोजिम आज उक्त ६० पेटी रहर नामक मदिरा नष्ट गरिएको प्रशासन सहायक कुलराज उपाध्ययले बताएका छन् । 

गाउँपालिकाले प्लाष्टिकको बोतलमा प्याकिङ्ग मदिरा पूर्ण रुपमा बन्द गरेको छ । तर नियम विपरीत विक्रि वितरण गर्न थालेपछि गाउँपालिकाले कडा कारबाही प्रक्रिया थप अगाडी बढाएको छ, भने मदिरा ऐन विपरीत कार्य गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने बताएको छ ।

प्रतिक्रिया