गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५३
Dho

गर्मी बढेसंगै गौमुलको घट्मुना आधारभूत अस्पतालमा विरामीको संख्या बढ्यो

गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ३०, २०८१
गर्मी बढेसंगै गौमुलको घट्मुना आधारभूत अस्पतालमा विरामीको संख्या बढ्यो

बाजुरा : अत्याधिक गर्मी बढेसंगै बाजुराको गौमुल गाउँपालिकामा रहेको घट्मुना आधारभूत अस्पतलमा विरामीको संख्या बढेको छ । ज्वरो आउँने, टाउँको, पेट दुख्ने, बान्ता हुने र रुघाखोकी लगायत लक्षण देखिएका विरामीको संख्या बढेको डाक्टर रामानुज हाथिले बताएका छन् । 

गर्मीसंगै मौसम परिवर्तनका कारण विरामीको चाप बढेको उनले बताए । एक दिनमा ५० भन्दा बढी विरामी अस्पतालमा उपचारका लागि आउँने गरेको डा. हाथिले जानकारी दिएका छन् । 

बढीजसो ज्वरो, टाईफाइड, पखाला, बालबालिकामा मुख पाक्ने, दम र हाडजोर्नीका विरामीहरु आउने गरेका उनले बताए । गर्मीको समयमा खराब खानपान र स्वास्थ्य सुरक्षामा ध्यान नदिँदा विरामी संख्या वृद्धि भएको उनको भनाइ छ । 

यतिबेला प्रशस्त मात्रामा पानी पिउने, झोलिला खानेकुरा खाने, आराम गर्ने, फलफूल खाने र सरसफाईमा विशेष ध्यान दिन डा. हाथिले सुझाव दिएका छन् । स्वास्थ्यमा समस्या आए छिट्टै नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउँन समेत आग्रह गरेका छन्।

घट्मुना आधारभूत अस्पतालमा इमर्जेन्सी सेवा, विरामी भर्ना, प्रसुति तथा सुरक्षित मातृत्व सेवा, डिजीटल एक्सरे, भिडियो एक्सरे सेवा, ईसीजी, फार्मेसी, सुरक्षित गर्भपतन,  परिवार नियोजन, टिभी रोग परीक्षण तथा उपचार, नियमित खोप लगायतका सेवाहरु उपलब्धी हुने गरेका छन् । 

अस्पतालमा आर्थिक वर्ष २०८०र८१ मा ४ हजार ३ सय जनाले स्वास्थ्य परीक्षणका लागि नाम दर्ता गराएको घट्मुना आधारभूत अस्पतालका प्रमुख डाक्टर हाथिले बताएका छन् । सो अवधीमा १ सय ७० जनालाई बेड भर्ना गरी उपचार गरिएको छ । 

नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गर्ने उद्देश्य सहीत गौमुल गाउँपालिकाले विभिन्न रोग परीक्षण गर्ने उपकरणको व्यवस्था र अस्पतालमा विशेषज्ञ डाक्टर ल्याएपछि उपचारमा निकै सहजता भएको छ । गाउँपालिकाले प्रत्येक वडाहरुमा स्वास्थ्य संस्थाहरु स्थापन गरेसंगै पछिल्लो समय सबै नागरिक स्वास्थ्य सेवाको पहुँचमा नै रहेका छन् ।

प्रतिक्रिया