गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५७
Dho

रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक : अध्यक्ष रोकाया

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ २९, २०८१
रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक : अध्यक्ष रोकाया

बाजुरा : गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । खराब जीवनशैलीका कारण विभिन्न रोगहरु लाग्ने खतरा बढ्ने भएकाले विशेष गरी स्वास्थ्यमा ध्यान दिनुपर्ने उनले बताए ।

गाउँपालिकाको केन्द्र घट्मुनामा सञ्चालन गरिएको नागरिक आरोग्य सेवा सञ्चालन अभियान तथा समूह गठन कार्यक्रममा अध्यक्ष रोकायाले स्वास्थ्य जीवनशैली आरोग्य जीवनको आधार मात्रै नभएर रोगहरुको औषधी पनि रहेको बताउँदै बढीजसो खानपान र सरसफाईमा ध्यान दिनुपर्ने बताए ।

जनप्रतिनिधी र स्वयंमसेविका उपस्थिति रहेको कार्यक्रममा स्थानीय स्तरमा खानपान र व्यवहार परिवर्तनका साथै स्वास्थ्यको दिगो विकास सुचक प्राप्तीका लागि स्वास्थ्य प्रवद्र्धनका क्रियाकलाप सिकाउन जरुरी रहेकाले नागरिकलाई स्वास्थ्य परामर्श गर्न आग्रह गरे ।

अध्यक्ष रोकायाले नागरिक आरोग्य सेवा केन्द्रबाट दिईने सेवा सुविधा सहीत प्रदान गरिने स्वास्थ्य उपचार, जडीबुटीको औषधी प्रयोगले स्वास्थ्यमा आउने परिवर्तन, योग तथा व्यामका फाइदाका बारेमा नागरिकलाई जानकारी गराउँ समेत  जनप्रतिनिधी र स्वास्थ्य स्वयंमसेविकालाई अग्रह गरेका थिए ।

नागरिकलाई थप स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यसहित घट्मुनामा स्थापन गरिएको नागरिक आरोग्य सेवा केन्द्रमा निःशुल्क डाक्टरी चेकजाँच, औषधी वितरण लगायतका सेवा उपलब्धले सहजता भएको बताए ।   

जडीबुटी परिचात्मक, नागरिक आरोग्य सेवा केन्द्रहरुले दिने सेवा सुविधाका बारेमा जानकारी गराउँने उद्देश्य सहीत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको कार्यक्रममा जडीबुटीको उपयुगिता, रहनसहन बोलीभाषा, ध्यान, व्याम, योग, रोगप्रतिरोधात्मक क्षमता बढाउँने क्रियाकलापका बारेमा जानकारी गराएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख एवं प्रशिक्षक रंगबहादुर कार्किले बताएका छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख कार्कीकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया रहनुभएको थियो । कार्यक्रममा ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, स्वयंमसेविका, पालिका स्वास्थ्य शाखा, रोजगार शाखा खेलकुद शाखाका प्रतिनिधीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया