गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४९
Dho

गौमुल-१ मा एक घर एक नर्सरी अनिवार्य

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, जेठ २९, २०८१
गौमुल-१ मा एक घर एक नर्सरी अनिवार्य

बाजुरा : गौमुल गाउँपालिका १ मा विकासे योजनाको समीक्षा गरिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०८०/८१ मा वडामा गरिएका विभिन्न गतिविधीको जानकारी सहीत आगामी योजना तय परिएको हो ।

वडाले हालसम्म सम्पादन गरेका विभिन्न गतिविधीको जानकारी र जनतासंग दोहोरो संवाद गरिएको वडाध्यक्ष देबेन्द्र बहादुर रोकायाले बताएका छन् । वडामा भईरहेका विकास निर्माण कार्य र वडा कार्यालयले दिने सेवा सुविधाका बारेमा समीक्षा गरिएको उनले बताए ।

वडाले गरेको हेरक क्रियाकलापहरु नागरिकको सामु पुर्याउने उद्देश्य सहीत समय समयमा जानकारी गराउँदै आईरहेको बताए । समीक्षामा पालिकाको आर्थिक वर्ष २०८१/८२ को गाउँ सभामा पेश गर्नुपर्ने निर्णय समेत पारित गरिएको उनले बताए ।

त्यस्तै वडामा एक घर एक नर्सरी कार्यक्रमलाई अगाडी बढाईने निर्णय पारित गरिएको वडाध्यक्ष रोकायाले बताएका छन् । उक्त कार्यक्रमका लागि हरियो साग खाऔँ, स्वस्थ्य जीवन जिऔ भन्ने नारा तय गरिएको छ ।

यो कार्यक्रमले किसानलाई तरकारी उत्पादन वृद्धि र विभिन्न वीउ उत्पादनमा पनि सहयोग पुग्ने विश्वस गरिएको छ । वडाध्यक्ष देव बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा २ सय भन्दा बढी स्थानीयको उपस्थित रहेको थियो । 

त्यस्तै वडा नं.२ मा पनि योजना तर्जुमा समीक्षा गरिएको छ । वडाध्यक्ष देव बहादुर रोकायाको अध्यक्षतामा आज वडाले हालसम्म गरेका कामको सार्वजनिक सहीत आगामीक योजनाहरु तयारी पारेको छ ।

आर्थिक वर्ष २०८१/८२ को गाउँ सभामा पेश गनुपर्ने वडा तहका योजनाहरु तयारी पारिएको वडाध्यक्ष रोकायाले बताएका छन् । वडामा भईरहेका विकास निर्माणका कार्य र सम्पादित गतिनिधी समेत समीक्षामा सार्वजनिक गरिएको उनले बताए ।

प्रतिक्रिया