गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४५
Dho

एमाले गौमुल गाउँ कमिटीको दोस्रो अधिवेशनको तयारी पूरा

गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ २७, २०८१
एमाले गौमुल गाउँ कमिटीको दोस्रो अधिवेशनको तयारी पूरा

बाजुरा : नेपाल कम्यूनिष्ट पार्टी एमाले गौमुल गाउँ कमिटीको दोस्रो अधिवेशनको तयारी पूरा भएको छ । जेठ २८ गते अर्थात भोली गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा हुने अधिवेशनको तयारी पूरा भएको नेकपा एमाले गौमुल गाउँ कमिटीले जनाएको छ ।

अधिवेशनमा सहभागि हुन नेता तथा कार्यकर्ता घट्मुना पुगिसकेका छन् । अधिवेशनका लगि मञ्च तयारीदेखि अन्य व्यवस्थापन सहीत सबै तयारी पूरा भएको नेकपा एमाले गौमुल गाउँ कमिटी सचिव मोहन रोकायाले बताएका छन् । 

एमाले बाजुरा जिल्ला कमिटीको आठौं अधिवेशन सम्पन्नपछि अहिले गाउँ तथा नगर कमिटीको अधिवेशन सञ्चालन भईरहेका छन् । जेठ २४ गते प्रतिनिधी छनोट गरिएको थियो । प्रतिनिधी घट्मुना आउनेक्रम पनि जारी रहेको छ । 

अधिवेशनका लागि व्यवस्थापन समिति, आर्थिक व्यवस्थापन समिति, खाद्या तथा आवास व्यवस्थापन, साँस्कृति प्रस्तुती तयारी समिति संगठन र अतिथि सत्कार समितिहरु परिचालन गरिएको छ । १ सय ८७ प्रतिनिधी सहभागि हुने अधिवेशनको उद्घाटनका लागि मञ्च झण्डा, व्यानर राखेर आकर्षक बनाएको छ । 

अधिवेशन उद्घाटन सत्रमा एमालेका सबै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहनेछ । उद्घाटन सत्रअघि र्याली निकालिलेर उद्घाटन समारोह कार्यक्रम सञ्चालन गर्ने तय गरिएको छ । गाउँ कमिटीमा नयाँ नेतृत्व चयनका लागि अधिकतम सर्वसम्मत प्रयास गर्ने नेताहरुले बताएका छन् । 

प्रतिक्रिया