गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०१
Dho

बाजुरामा २०३ सवारी साधन कारबाहीमा, १ लाख बढी उठ्यो राजश्व

pramit bk pramit bk
शुक्रबार, फागुन ०६, २०७८
बाजुरामा २०३ सवारी साधन कारबाहीमा, १ लाख बढी उठ्यो राजश्व

बाजुरा : जिल्लाको कोल्टी क्षेत्रका विभिन्न स्थानमा चल्ने सवारी साधनमा कडाइ गरिएको छ । प्रशासनले ताकेको भाडादर भन्दा बढी भाडा असुल्ने गरेको यात्रुको जनगुनासो बढेपछि ट्राफिक प्रहरीले पछिल्लो समय सवारी साधनमा कडाई गर्न थालेको हो ।

कोल्टीको विभिन्न स्थानमा नियम विपरीत चलाउने २ सय ३ सवारी साधन कारबाहीमा परेका छन् । दुई वर्षको अवधिमा कोल्टी, पिलुचौर, कवाडी गरी २ सय ३ सवारी साधन कारबाहीमा परेका हुन् ।

तोकिएको भाडा भन्दा बढी मनोमानित भाढा असुली गर्ने र ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख धनबहादुर धामीले बताएका छन् ।

कोल्टीदेखि पिलुचौर, कोल्टी–धुलाचौर, कवाडी–पिलुचौर र जुड्डी–बेर्मासम्म सञ्चालन भईरहेका सवारी साधनका चालकहरुले ताकेको भन्दा बढी भाडा लिनुका साथै ट्राफिक नियम पालना नगर्न थालेपछि कारबाही प्रक्रिया अगाडी बढाउँदै गएको उनले बताए ।

ट्राफिक प्रहरी कार्यालय कोल्टीले चालू आवको एक वर्षको अवधिमा नियम विपरीत सवारी साधन चलाउनेलाई कारबाही गरी १ लाख २१ हजार ५ सय रुपैयाँ राजश्व संकल गरेको ट्राफिक प्रहरी प्रमुख धामीले बताएका छन् । 

दुई सय २ सवारी चालकलाई गरेको कारबाहीबाट सो रकम असुल भएको हो । मार्तडीदेखि कोल्टीसम्म ८ सय १० कोल्टी–पिलुचौर १ सय ५, पिलुचौर–जुड्डी १ सय १० र बेर्मा –पिलुचौर १ सय ३५ रुपैयाँ भाडादर कायम गरिएको भएपनि चालकहरुले मनोमानित रुपमा भाडा असुल्ने गरेका छन् । 

प्रशासनले तोकेको सो भाडादर चालकहरुले कायम नगर्दा यात्रुहरु मर्का पर्दै आएको इलाका प्रहरी कार्यालय कोल्टी प्रहरी निरीक्षक देबेन्द्रराज जोशीले बताएका छन् । नियम विपरीत र मनोमानित भाडा असुल्ने सवारी साधनलाई कारबाही समेत गरिदै आएको उनले बताए ।


# बाजुरा # मार्तडी

प्रतिक्रिया