गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३२
Dho

बजेटमा सम्बोधन गर्न मुक्त हलियाको माग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ २६, २०८१
बजेटमा सम्बोधन गर्न मुक्त हलियाको माग

बाजुरा : जिल्ला हलिया मुक्ति समाज बाजुराले विभिन्न चार बुदेँ माग सहित जिल्ला समन्वय समिति बाजुरालाई ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय तहहरुको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भएको पूर्व सन्ध्यामा बजेटमा समावेश गर्न माग गरेका छन् ।

जिल्लाका ९ वटै स्थानीय तहहरुलाई जिल्ला समन्वय समिति मार्फत सबै ठाउँमा आवश्यक लिखित पत्राचार गरी समन्वय गर्न माग गरिएको छ ।  शुक्रबार जिल्ला समन्वय समितिमा हलिया मुक्ति समाजका अगुवा उपस्थित भएर ज्ञापन पत्र बुझाएका छन् ।

९ वटा स्थानीय तह रहेको बाजुरामा हालसम्म बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिकाले मुक्त हलिया पुर्नस्थापना कार्यविधि पारित गरी मुक्त हलियाको लगत संकलन गरिरहेको रहेको छ ।

त्यस्तै अन्य पाँच वटा स्थानीय सरकारहरुले पनि तत्काल मुक्त हलिया पुर्नस्थापना कार्यविधि पारित गरी आवश्यक बजेटमा सम्बोधन गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाईएको हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालवीर सार्कीले बताएका छन् ।

पुर्नस्थापना हुन नसकेका ९८ जना र अन्तिम किस्ता रकम पाउन बञ्चित २८ जना मुक्त हलियाको विवरण मालपोत कार्यालय बाजुराबाट झिकाई सम्बन्धित पालिकालाई तत्काल पुर्नस्थापनाका लागि लिखित पत्रचार सहित परिवारको पुर्नस्थापनाको सुनिश्चितताको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रम बोल्दै बडीमालिका नगरपालिकाका नगर उपप्रमुख नन्दा कुमारी थापाले नगरबाट हलियाहरुको माग सम्बोधन गर्ने आश्वासन दिएकी छन् । सरकारले भदौ २०६५ मा सरकारले देशभर हलिया मुक्तिको घोषणा गरेको थियो । 

प्रतिक्रिया