गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५६
Dho

नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा बाजुराका पदम ओली नियुक्त

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, जेठ २५, २०८१
नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा बाजुराका पदम ओली नियुक्त

बाजुरा : नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओली नियुक्त भएका छन् । नेपाल सरकार उद्योग मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्को बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । उद्योग मन्त्रालयले ओली सहित सिर्जना श्रेष्ठ र संजयलाल मानन्धरलाई सिफारिस गरेको थियो ।  

सिफारिस गरिएका ३ जना मध्ये बाजुराका पदम ओलीलाई नियुक्ति दिने मन्त्री परिषदको बैठकले निर्णय गरेको हो । १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै ओली सहीत तीन जना पहिलो चरणमा सिफारिस भएका थिए । महाप्रबन्धकका लागि मन्त्रालयले जेष्ठ २२ गते सिफारिस गरेको थियो । मन्त्रीपरिषद्को बैठकले २ दिन पछि नियुक्तिका लागि निर्णय गरेको हो । 

ओली नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा नियुक्ती हुने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् । यस अघि सोही क्षेत्रको अध्यक्षमा भने बाजुराका दयालबहादुर शाही सिफारिस भएका थिए । शाही हाल प्रतिनिधी सभाको सांसद छन् । 

उद्योण मन्त्री दामोदर भण्डारी भएकै बेला सुदूरपश्चिमले देशभरिका सबै उद्योगहरुको प्रमुख संस्थाको कार्यकारी जिम्मेवारी प्राप्त गरेको छ । हाल १० वटा बढी औद्योगीक क्षेत्रहरुको सम्पूर्ण जिम्मेवारी नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुकै अधिकार क्षेत्र भित्र रहेको छ । 

लामो समयदेखि पदपूर्तिका लागि खुला आवेदन आह्वान गरिएको थियो । आह्वान गरिएका निवेदनबीच खुला प्रतिस्पर्धाका लागि पनि लामै समय खर्चिएको हो । अघिल्लो मन्त्री मण्डलकै बेला निवेदन आह्वान गरिएकोमा दामोदर भण्डारी आइसकेपछि मात्रै कार्यान्वयन भएको हो । 

महाप्रबन्धकमा नियुक्त ओली बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ ओलीगाउँका स्थायी बासीन्दा हुन् । कक्षा ५ सम्मको पढाइ सकेर काठमाडौ गएका ओलीले एसएलसी र कक्षा ११ र १२ सम्मको शिक्षा पनि काठमाडौंमै पुरा गरे । काठमाडौं इन्जिनियरिङ कलेजबाटै विई र एमई सकाएका ओली सानै देखि नेकपा एमाले निकट राजनीतिमा सक्रिय थिए । 

२०६५ सालमा अनेरास्ववियुको तर्फबाट काठमाडौं इन्जिनियरिङ कलेजको स्ववियुमा लडेका ओली सोही कलेजको प्रारम्भीक कमिटी अध्यक्ष भएर काम गरेका थिए । बाजुरा काठमाडौं सम्पर्क कमिटीको सहसचिव, सचिव हुँदै अध्यक्ष भएर काम गरेका ओली सम्पर्क कमिटीको सचिवालय सदस्य सम्मको जिम्मेवारी सम्हालीसकेका छन् ।

इन्जिनियरिङ एसोसिएसन पीनको बाग्मती प्रदेश अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य र बाग्मती प्रदेश इन्चार्जको भूमिकामा भएर ओली सक्रिय छन् । अनुभव र अध्ययन बिशिष्ठ योग्यता भएका ओलीले राज्यको कार्यकारी पदमा भएर काम गर्ने अवसर पाउँदा आफू खुसी भएको बताएका छन् । 

उमेरमा ३५ पुगेका ओलीले प्राप्त अवसरलाई सफलता पूर्वक निर्वाह गर्ने र केही गरेर देखाउने प्रतिवद्धता जनाएका छन् । महाप्रबन्धक पदमा योग्य ठान्ने र जिम्मेवारीका लागि विश्वास गर्ने नेपाल सरकार, उद्योग मन्त्रालय र सिंगो मन्त्री परिषद्को निर्णयलाई सम्मान हुने काममा सक्रिय रहने बताएका छन् । 

प्रतिक्रिया