गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३४
Dho

बैतडीको पुर्चौंडीमा चुनावी तालमेल नहुने संकेत, कांग्रेसद्वारा मेयरसहित ८ वडामा उम्मेद्वारको टुंगो

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २२, २०७८
बैतडीको पुर्चौंडीमा चुनावी तालमेल नहुने संकेत, कांग्रेसद्वारा मेयरसहित ८ वडामा उम्मेद्वारको टुंगो

बैतडी: स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले पुर्चौंडीका ८ वडामा उम्मेद्वारको टुंगो लगाएको छ। वडा नम्बर २ र ९ बाहेकका सबै वडामा सर्वसम्मत उम्मेद्वार छनौट गरेको नेपाली कांग्रेस पुर्चौंडीका नगरसभापति गणेशबहादुर गडालले बताए। बाँकी रहेका दुई वडामा पनि एक दुईदिनभित्रै उम्मेद्वारको टुंगो लाग्ने उनले बताए। 

गडालका अनुसार वडा नं १ मा गणेशबहादुर गडाल, वडा नं.३ मा रिकेश बोहरा, वडा नं ४ मा परमानन्द भट्ट, वडा नं ५ कर्णबहादुर बोहरा, वडा नं ६ मा नरेन्द्र साउँद, वडा नं ७ मा धिरेन्द्र बम, वडा नं ८ मा रमेश बोहरा र वडा नं १० मा हिक्मत बिष्टलाई उम्मेद्वार बनाउने निर्णय भएको छ। यस्तै मेयरमा दीपकबहादुर बमलाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको नगरसभापति गणेशबहादुर गडालले बताए। उपमेयरको उम्मेद्वार भने टुंगो लगाउन सकिएको छैन।

 केन्द्रीय तहमा सत्तागठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेको भएपनि पुर्चौंडीमा चुनावी तालमेल नहुने सभापति गडालले बताए। 

प्रतिक्रिया